कुनै समय थियो महिनौ सम्म पर्खेर आफ्ना आफन्तले पठाएको चिठी आउने अनि त्यही पढेर अत्यास मेटाउनु पर्ने । समयक्रम विस्तारै परिवर्तन हुँदै गयो चिठिपत्र हुदै टेलिफोनको प्रयोग हुन थाल्यो । फोनको पनि विकसीत रुप आयो मोवाइल । मोबाइलबाट फोन त हुन्थ्यो नै त्यसबाटै भिडियो कलिङको सुविधाले मानिसलाई अझै नजिकै ल्याइ पु¥यायो । हाम्रा अग्रजले चन्द्रमालाई भगवानको रुप भन्दै पुजा गरे र अझै पनि त्यो जमात छँदै छ तर त्यसमा पनि मानिसले पाइला टेकी सके अब पुज्नु पर्दैन भन्नेहरु पनि छन् । तर धर्तीमै मानिस जन्मियो हुर्कीयो अनि यहीँ नै मृत्युवरण गर्छ के हामीलाई हुर्काउने बढाउने अनि जिउनका लागि व्यवस्था गर्ने धर्तीलाई हामीले नपुज्ने त ? यो हुन सक्दैन तर प्रविधिको प्रयोगले सबै चिज हेर्न र त्यसको बारेमा थप अध्ययन अनुसन्धान गर्न सकिएला त्यसो हो भन्दैमाा त्यसको अस्तीत्व नै छैन भन्नपनि त मिलेन ।
पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढ्दो भयो भन्दै गर्दा त्यसको माध्यम के भन्ने पनि कुरा आउँछ । आम मानिसले डिएसएल, एडिएसएल, मोबाइल डाटा लगायतका विभिन्न माध्यमका इन्टरनेट प्रयोग गरेर सामाजिक सञ्जालमा आफ्नो उपश्थितिलाई मजबुत बनाउँदै गएका छन् । विश्वको कुनै पनि स्थानलाई आफ्नो औंलामा ल्याउनका लागि अहिले पनि इन्टरनेटले नै महत्वपूर्ण भूमिका खेल्दै आएको छ । अहिलेको समाज यति सम्म कमजोर भै सक्यो कि उसले केहीबेर मात्रै पनि इन्टरनेटको पहुँचमा आफूलाइ पाएन भने छट्पटिन थाल्छ । त्यसैले अहिले प्रविधिले मानिसलाई बन्दी बनाएको छ ।
हालै चीनको एक कम्पनीले पूरै विश्वभर निःशुल्क वाईफाई सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ । उसले निकट भविष्यमै अन्तरीक्षमा आफ्नो छुट्टै स्याटेलाइट प्रक्षेपण गर्ने र त्यसैका माध्यमबाट विश्वरभ निःशुल्क वाइफाईको सुविधा उपलब्ध गराउने घोषणा समेत गरेको । यदि चिनियाँ कम्पनी लिंक स्योर नेटवर्कको योजना सफल भएमा सन् २०२० बाट विश्वका सबै मानिसले स्याटेलाइटको माध्यमबाट सीधै हाई स्पीड वाईफाई इन्टरनेट प्राप्त गर्नेछन् । कम्पनीका अनुसार, आगामी वर्ष चीनको गाँसु प्रान्तस्थित जिउकुआङ प्रक्षेपण केन्द्रबाट उक्त स्याटेलाइट लञ्च गरिनेछ । सन् २०२० सम्म अन्तरीक्षमा यस्ता १० वटा अरु स्याटेलाइट पनि पठाउने योजना छ । सन् २०२६ सम्ममा अन्तरीक्षमा लिंकस्योरका यस्ता २ सय ७२ वटा स्याटेलाइट हुनेछन् । त्यसले पूरै विश्वमा निःशुल्क वाईफाई नेटवर्क उपलब्ध गराउनेछ । यस्तो महत्वकांक्षी योजनाका पछाडी के छ त्यो त सोच्नै पर्छ तर विश्वभर निःशुल्क वाइफाई सम्भव छ भने प्रविधिको प्रयोगले जुन सुकै समय जे पनि गर्न सम्भव छ ।
Previous Articleमंसिर महिना र बनभोज
Next Article भूमि समस्या समाधान गर्न सरकार गम्भिर: प्रम ओली