-भोलानाथ घिमिरे
म्याग्दी बहुमुखीा क्याम्पसमा कार्यरत सम्पूर्ण प्राध्यापक तथा कर्मचारीहरु वर्षमा एक पटक आफ्ना व्यक्तिगत सुखदुखका पक्षहरुको साटासाट तथा सामुहिक भावनाको विकास संगै संस्थालाई संस्थागत जीवन प्रदान गर्नको निमित्त पुनर्ताजकी गर्ने अभिप्रायले गत मंसिर ८ गते बनभोज कार्यक्रमको आयोजना गरिएको थियो । विगतमा क्यामपसको बनभोज कार्यक्रममा म्याग्दीको प्रसिद्ध स्थलहरु रत्नेचौर, टोड्के, लगायतका ठाउँहरुमा आयोजना गरिएकोमा यस वर्ष म्याग्दी भ्रमण वर्ष २०७५ समेतलाई मध्यनजर गरी म्याग्दीकै अर्को प्रसिद्ध पर्यटकीय स्थलका रुपमा रहेको अन्नपूर्ण गाउँपालिकाको नारच्याङ्ग लाई बनभोज स्थलको रुपमा छनौट गरी कार्यक्रम आयोजना गरिएको थियो । यस वर्षको बनभोज कार्यक्रम सम्पन्न गर्ने अभिप्रायका साथ मिति २०७५ साल कार्किक २७ गते बसेको संपूर्ण प्राध्यापक तथा कर्मचारीहरुको बैठकले बनभोज कार्यक्रम सम्पन्न गराउन मलाई बनभोज आयोजक समितिको संयोजकको जिम्मेवारी थियो ।
जब मङ्सिर महिना सुरु हुन्छ, पिक्निक अर्थात बनभोजको रौनक छुट्टै हुन्छ । विभिन्न उमेर समुहका मानिसहरु समुह बनाएर बनभोज जाने क्रम पछिल्लो समय ह्वात्तै बढेको छ । साना बालबालिकाको समुह तिहार र न्वाँईको समयमा देउसीभैलोबाट संङ्कलित रकम र चामलको सदुपयोग गदै बनभोज जाने गर्छन भने हाल यो बनभोज कार्यक्रम सस्थांगत रुपमा मौलाउदै गएको छ । जस्तै विद्यालय, क्लव, संस्थाहरुमा कार्यरत कर्मचारी तथा समाजसेविहरुले पनि समाजको घुलमिलनको आधारले बर्र्गीय र जातिय विभेदलाई विस्तारै कम गर्दै गएको छ । अहिलेको युग बैश्य युग हो । यस युगमा व्यवसायीका फुर्सदका समयहरु किसानहरुका भन्दा कम छन् । यो बनभोज कार्यक्रमको मौसमले व्यपारको रौनक बढाउछ नै । बनभोज जाने समुहमा पनि बर्गियता देखा पर्न सक्छ । कसैले क्याटरिङ्ग सहित गन्तव्यमा पुग्दछन् भने कोही कुक सहित र कुनै समुह कुक रहित बनभोज खाने गरेका छन् । कुनै समुह पिकनिक एकदिन विहानदेखि बेलुका सम्म नजिकैको पायक पर्ने स्थलमा किलो गाढेर आफैलाई भुल्ने गरी खाने पिउने हो भन्दछन् भने कोही बनभोज जादा केही रमणिय स्थलहरुको मनमोहक दृष्य सँगै स्वाद लिनु पर्दछ भन्दछन् । वास्तवमा बनभोज भनेको प्राकृतिक दृष्यहरुको सम्मुखमा खानाको परिकारको स्वाद मिठो र रमाईलो हुन्छ भन्ने हाम्रो बुझाई रहयो जसका कारण म्याग्दी बहुमुखी क्याम्पसको टिम म्याग्दी भ्रमण बर्ष २०७५ लाई आत्मसाथ गर्दैै नारच्याङ्ग गाउँ “हाईड्रो हव”को रुपमा रहेको बेनिबाट १ घन्टा ३० मिनेट समयमा पुगिने ठाउँ जहाँ म सगँ केही छ भन्दै माथिबााट खसेको नारच्याङ्ग छहरा जसले नारच्याङ्गको बसाईलाई उत्पादनको हिसाबले पनि जिवन प्रदान गरेको पायौँ । अन्नपुर्ण बेस क्याम्पको प्रबेशद्धार, औल नारच्याङ्ग लेख यसका मुख्य स्थानका साथै यसको लेकबाट हेर्दा अन्नपुर्ण रेन्जका हिमशृङ्खलाहरु हासिरहेको देखिन्छ ।
कसरी सुरु भयो बनभोज ?
फ्रान्सबाट १७ औँ शताव्दी (१६९२) मा Piquenique बाट Picnic शब्दको उत्पत्ति भएको देखिन्छ । यस समयमा मानिसहरुको समूह रेष्ट्रुरेण्टमा जम्मा भई Champagn (महंगो रक्सी) आँफै व्यवस्था गरेर समूहमा रमाईलो गर्ने गरेको ईतिहास रहेको पाईन्छ । जसमा घर भन्दा बाहिर गई भ्रमण र भोजन अनिवार्य हुने, बनभोज खाने स्थान पार्क, तालको छेउछाउ रमाउने दृष्यका साथै नाटक देखाउने घर नाट्यशाला जस्ता ठाउँमा गर्मिसमयमा मनाउने गरेको पाईन्छ । रमाईलोको लागि खेल्ने खेलहरुमा लुकामारी, बेलुनमा पानी भरेर हानाहान गर्ने, स्वादको निमित्त कालो चकलेट र लुगामा लचिलाखालका कपडा लगाउने गरेको पाईन्छ । – Tony Willis
यसको उत्पत्तिको अर्काे पक्षलाई हेर्दा, दक्षिण अमेरिकामा दासप्रथाको समयमा काला जातिहरुलाई मार्नका लागी एक ठाउँमा भेलागर्न “Pick a Negro” शव्दप्रयोग गर्ने गर्थे । कालान्तरमा शब्द अपभ्रंश भई”Pic-Nic – means Gathering ” भएको भनिन्छ । त्यस्तै”French” मा “Pique-nique” शब्दबाट “Picnic” शव्द बनेको भन्ने पाईन्छ । यहाँपनि “Pique ” शव्दले भेला हुनु नै जनाउछ भने”nique-trifle” शव्दले थोरै भोजन भन्ने जनाउछ । अर्थात Picnic –बनभोजं शव्दले सामाजिक भेलामा प्रत्येक आगन्तुकले केहि खाने कुरा लिएर आउनु पर्ने भन्ने समेत बुझिन्छ । – Dictionary of Word Myths
नेपालमा बनभोजको परम्परा र अनुभबलाई हेदा ।
हिन्दु परम्परा अनुसार हरिबोधनी एकादशीको भोलीपल्ट अग्नी स्थापना गरी हवन गरेपछि देब पितृलाई नयाँ चामल चढाईन्छ । यस पर्बलाई कृषकहरु नवान्न (न्वाँगी) अर्थात न्वाँई खाने पर्बका रुपमा मनाउने गरेको पाईन्छ । नयाँ चामल दहिमा भिजाएर सिलाम मिसाई देवता, पितृलाई चढाएर खाने गरिन्छ र मङ्सिरमा बनभोज खाए गति परिन्छ भन्ने जनआस्था रहि आएको छ ।
नेपाली बनभोज शव्दको अर्थ कृषकहरु सगँजोडिएर आएको छ । किसानले धान भित्राईसकेपछि खुसियाली मनाउन एक ठाउँमा भेला हुने र नयाँ अन्नको परिकार खाने चलन चलेको भन्ने गरेको पाईन्छ । धान भित्राईसकेपछि खेतका फाँटमा बसेर नयाँ उघारेको अन्नलाई भोजको रुपमा खाने पर्ब पछि कालान्तरमा बनभोज संस्कृति बनेको छ ।
मङ्सिरमा अमलाको रुखमुनि पकाईएको नयाँ अन्नको परिकार दाल, तरुल, पिडालु, साग खाने परम्परा छ । मुलतः कृषि प्रधान समाजको अभिन्न अङ्गको रुपमा यो विकास भएको देखिन्छ । नयाँ धान माड्ने, दाँईै हाल्दा खलो पुज्ने, भुमे पुज्ने परम्परा छ । जसमा खिर, रोटी लगायत बलिदिने प्रचलनले पनि बनभातको संस्कृतीलाई निरन्तरता दईएको पाईन्छ । फिरन्ते युगमा खुला ठाँउमा खाना खाने बाध्यतालाई पछिको स्थिर बसोबासमा पनि निरन्तरता दिएर अनुकुल मौसमलाई उपयोग गरेको देखिन्छ । अमलाको र बनभातको सन्दर्भलाई हेर्दा खाएको भोजनलाई पेटबाट (नंअमला) ुनमलाु मल नराख्ने बनस्पतीलाई साक्षी राखी बनभात खाने चलन सास्कृतिक त हुदै हो अझ यसको सम्वन्ध आयुर्बेदिक तथो जिवनशैलीसंग पनि गाँसिएको छ । मङ्सिरको चिसोमा अमला टोक्दै गर्दा पानी पिउने उत्प्रेरणा दिने सामाजिकिकरणमा जेष्ठ नागरिकले अनुज सदस्यलाई ज्ञान हस्तान्तरण गर्ने परम्परा पनि हो । त्यसैले बनभोज खुसियाली, स्वतन्त्रता, स्वच्छन्दता, प्राकृतिक, सामाजिक, आयुर्बेदिक र सामाजिक पक्षसँग सम्बन्धित छ ।
नेपाली संस्कृतीको ईतिहासमा बनभातलाई किसानहरुको पर्वको रुपमा लिईन्थ्यो । समय सगैँ बनभातको परिभाषा पनि परिवर्तन हुदै गएको पाईन्छ । बर्तमान समयमा मानिसहरुले यसलाई बनभोज तथा घर बाहिरको मनोरञ्जनको रुपमा मनाउन थालेका छन् ।
बनभोज कार्यक्रम अहिलेको व्यस्त समाजको पुनर्ताजकीय तथा मेलमिलाप र आत्मियता साटासाट पाटो पनि हो । विभिन्न परिवारमा आर्थिक तथा अन्य विविध कारणहरुले गर्दा विग्रीयको पारिवारीक सम्बन्धलाई सकरात्मक गाठो कस्ने आधारको रुपमा पनि विकास भएको पाईन्छ । बनभोजका नाममा फजुल खर्चको सस्कृती पनी बढ्दै गएको छ । जसलाई न्युनिकरण गर्दै तडकभडकलाई हाम्रो मौलिक परम्पराले विस्थापित गर्दै गरिने बनभोजका कार्यक्रमले यो व्यस्त समाजलाई केहि हदसम्म ताजापन साथै काम गर्ने उर्जा थप्ने कुरामा दुईमत नहोला ।
अन्तमा यस बनभोज कार्यक्रमलाई सम्पन्न गराउन आफ्ना विचार तथा सहयोग प्रदान गर्नुुहुने म्याग्दी बहुमुखि क्याम्पसका प्रध्यापक तारानाथ शर्मा, नारणदत्त सुबेदी, आयोजक सदस्य विष्णु आचार्य, विद्यार्थी विए तेस्रो बर्षका सागर भण्डारी लगायत सम्बन्धीत सबैलाई हार्दिक धन्यबाद ज्ञापन गर्दछु ।