काठमाण्डु, १७ मंसिर– कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणमा बर्खास्त गरिएका कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टले पुनर्वहालीको माग गरेका छन् ।
उनीहरुले आफूहरुलाई अन्यायपूर्वक बर्खास्त गरिएको दाबीका साथ पुर्नवहालीको माग गर्दै मन्त्रिपरिषदमा निवेदन दिएका हुन । बर्खास्त गरेको ३५ दिनभित्र पुर्नवहालीको निवेदन दिने प्रावधान अनुसार उनीहरुले आफूहरुलाई पुर्नवहाली गरी सरकारी सेवामा निरन्तरता दिन माग गरका हुन् । नागरिक दैनिकबाट