काठमाण्डु, १७ मंसिर– राप्रपा प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका महामन्त्री सुनील थापाले कमल थापाले एकताको बाटो बन्द गरेपछि राप्रपा राष्ट्रवादी र राप्रपाका असन्तुष्ट नेताहरुसँग आफूहरुले एकताका लागि छलफल अगाडि बढाएको स्वीकारे ।
समान विचारधारा भएका तीन राप्रपाका एकीकरण गर्ने प्रयास हाम्रो थियो । तर, राप्रपा अध्यक्ष कमल थापाले ‘एकताको बाटो सहज छैन आ–आफ्ना बाटो जाओँ पार्टी एकता नगरौं’, भनेपछि हामीले उहाँलाई छाडेर बाँकी शक्तिबीच एकता गर्ने छलफल अगाडि बढाएका छौं’, उनले भने, ‘वार्ता सकारात्मक भएको छ ।’ उनका अनुसार केही दिनमै एकता घोषणा हुने वातावरण बन्दैछ ।
राप्रपा अध्यक्ष थापाले एकताको वातावरण बिथोलेपछि पार्टीका पाँच पूर्वपदाधिकारीसहित १९ जनाले हस्ताक्षरसहितको विज्ञप्ति जारी गरेर व्यक्तिगत स्वार्थ त्यागेर पार्टी एकताका लागि लचिलो बन्न आग्रह गरेका थिए । आजको नयाँ पत्रिकामा खबर छ ।