खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले ६० दिनमा मेलम्चीको पानी काठमाण्डुमा आइपुग्ने दावी गरेका छन् ।
आइतबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा सचिव ठाकुरले ६० दिनमा मेलम्चीको पानी काठमाडौं आउने ठोकुवा गरेका हुन् । ‘म ठोकुवा गरेर भन्छु ६० दिनमा मेलम्चीको सबै काम सकिन्छ । ढुक्क हुनुस् २ महिनामा मेलम्चीको पानी आउँछ’ उनले भने ।
विगतमा कर्मचारीले काममा ढिलाइ गरेका कारण मेलम्ची समयमा आउन नसकेको उनले दावी गरे । यसअघि मन्त्री विना मगरले दशैंअघि नै पानी आउँछ भनेकोमा पनि सचिव ठाकुरले माफी मागेका छन् । ‘मन्त्रीले भनेको विषयमा माफी माग्छु’, उनले भने, ‘हामीलाई विश्वास गर्नुस् २ महिनामा प्राविधिक काम सकेर पानी हाल्छौं ।’