
काठमाडौँ । नेपाली सेनामा विभिन्न पदको भर्नामा अनियमितता गर्ने एक सय ७३ जनालाई सेनाले कारबाही गरेको छ ।
आजको नागरिक दैनिकमा यो खबर छ – सेनाले २०७३ र २०७५ सालमा विभिन्न पदमा लिइएको भर्नामा अनियमितता भएको गुनासो आएपछि छानबिनका लागि जेठ ६ गते सहायक रथीको अध्यक्षतामा बसेको कोर्ट अफ इन्क्वायरी गठन गरेको थियो ।
छानबिन गर्दा भर्ना प्रक्रियामा २३ अधिकृतसहित एक सय ८७ जनालाई जनरल समरी सैनिक अदालत (कोर्ट मार्सल) का लागि सिफारिस गरिएको थियो ।