पश्चिम वायुको प्रभावले देशको पूर्वदेखि पश्चिमसम्मको मौसममा बदली भएको छ। वायुमण्डलको माथिल्लो तहमा बादल लागेकाले चिसो बढेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभुति पोखरेलले जानकारी दिइन्।
उनकाअनुसार आजभोलि पानी पर्ने सम्भावना भने छैन। ‘उच्च हिमाली भागमा हिमपातको सम्भावना छ, पहाडी भागका १-२ ठाउँमा हल्का पानी पर्न सक्छ, अरू ठाउँमा बदलीमात्र हुने हो, पानी पर्दैन,’ पोखरेल भनिन्।
यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
मंसिर १३ गते (बिहिबार)
दिउँसो: देशभरिको मौसम सामान्यतया सफा रहनेछ तथापि पहाडि भेगमा आंशिक बदलिको संभावना छ | पूर्वी र पश्चिमी पहाडी भु-भागका १-२ स्थानमा अपरान्हपछि हल्का वर्षाको सम्भावना रहेको छ।
राति: देशको पहाडि भू-भागमा आंशिक बदलि रहने तथा अन्य स्थानमा सामान्यत सफा रहनेछ | पूर्वी पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिन्छ।
मंसिर १४ गते (शुक्रबार)
दिउँसो: देशैभरि आंशिक बदली रहने सम्भावना छ। पूर्वी उच्च हिमाली भू-भागमा हल्का हिमपात साथै पहाडी भू-भागका १-२ स्थानमा हल्का वर्षाको सम्भावना छ।
राति: देशको पहाडी भू-भागमा सामान्य बदली रहने तथा अन्य स्थानमा मौसम सामान्यतया सफा रहने छ। पूर्वी र मध्यका केही उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना छ।
मंसिर १५ गते (शनिबार)
दिउँसो: देशभर मौसम सामान्यतया सफा रहने तथापि पहाडी भू-भागमा आंशिक बदलीको सम्भावना छ। पूर्वी र मध्य पहाडी भेगका थोरै स्थान र पश्चिमी पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
राति: देशभर पहाडि भेगमा आंशिक बदलि रहने र अन्य भेगमा सामान्यतया सफा रहने देखिन्छ।