संघीय संसदको हिउँदे अधिवेशन पुुस पहिलो साताबाट सुरु हुने भएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बुधबार राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै संघीय संसदको हिउँदे अधिवेशन पुस पहिलो हप्ताबाट सुरु हुने बताएका हुन् ।
उनले नेपाली कांग्रेसको महासमिति बैठक पनि परेकाले पुसको पहिलो हप्ता अघि संसदको हिउँदे अधिवेशन बोलाउन सकिने अवस्था नरहको पनि स्पष्ट पारे ।
संसदको हिउँदे अधिवेशनमा संविधानसँग बाँझिएका सबै कानुन संशोधन गर्ने सरकारको तयारी छ । अध्यक्ष तिमिल्सिनाले संसदीय समितिहरुलाई ठोस कार्ययोजना बनाएर सरकारको काम, कारबाहीको अनुगमन गर्ने काममा तीव्रता दिन पनि सचेत गराए ।
उनले समितिको कामलाई प्रभावकारी बनाउन समय–सीमा नै तोकेर अनुगमनको योजना तय गर्नुपर्ने स्पष्ट पारे ।