
काठमाडौँ । सदर चिडियाखानामा अफ्रिकी जन्तु ‘रिङटेल्ड लिमुर’ नयाँ पाहुना थपिएको छ ।
आजको नेपाल समाचारपत्र दैनिकमा यो खबर छ – अफ्रिकाको म्याडागास्कर टापु र आसपासका केहि सीमित छिमेकी टापुमा मात्रै पाइने यो जन्तुलाई चिडियाखानाले प्रदर्शनीमा राखेको हो ।
बाँदर प्रजातिको एक जोडी भाले पोथी ‘रिङटेल्ड लिमुर’ लाई विशेष प्रकृतिको खोर निर्माण गरी गत शुक्रबारदेखि चिडियाखानाले प्रदर्शनीमा राखेको हो ।