बागलुङ, ४ कात्तिक – संविधान कार्यान्वयनका लागि नेकपा एमाले बागलुङले सञ्चालन गरेको पार्टी कार्यकर्ता परिचालन अभियान अन्तरगत १० नं. कलस्टरको कार्यक्रम विहिवारदेखि जिल्लाको दक्षिण नारायणस्थान गाविसबाट सुरु भएको छ ।
पार्टी अभियानको सुरुवात गर्दै नेकपा एमालेका वैकल्पिक केन्द्रिय सदस्य मना केसीले संविधानको कार्यान्वयन अहिलेको प्रमुख कार्यभार भएको वताईन । नेपाली जनताको लामो वलीदानीपूर्ण संघर्षबाट प्राप्त भएको संविधान कार्यान्वयन अहिलेको प्रमुख आवश्यकता हो, नेतृ केसीले भनिन्–जनताको संविधान कार्यान्वयन हुन नदिन प्रतिगामीहरु कम्मर कसेर लागेका छन् ।
सवै किसिमका षडयन्त्रलाई चिर्दै संविधान ल्याउन निर्णायक भूमिका खेलेको वताउदै केन्द्रिय सदस्य केसीले यसको कार्यान्वयनको जिम्मेवारी पनि एमालेमा आएको वताईन ।
कार्यक्रममा मन्तब्य राख्दै एमालेका जिल्ला अध्यक्ष श्रीप्रसाद शर्माले अहिले पनि बर्गिय लडाई कायम रहेको वताए । जनताले धेरै आशा गरेका छन्, एमाले अध्यक्ष शर्माले भने–जनताको आशालाई विश्वासमा परिणत गर्न एमालेले देश ब्यापी अभियान सञ्चालन गरेको हो ।
१० नं. कलस्टरका उत्प्रेरक कृष्ण पाठकले मुलुकमा यतिवेला राष्ट्रियताका मुद्धा पेचिलो वनेर आएकाले राष्ट्रलाई समृद्धि बनाउन सवै कार्यकर्ताहरु आत्मनिर्भर बनेर अगाडि बढ्नुपर्ने वताए ।
कार्यक्रममा नेकपा एमाले केन्द्रिय प्रचार विभागका पूर्व सदस्य हरिनारायण गौतमले संघियतासहितको समाजवाद उन्मुख नयाँ संविधानलाई कार्यान्वयन गर्न ठूलो दवाव आवश्यक भएको वताउदै यसको सफल कार्यान्वयनबाट मात्र मुलुक समृद्धिको यात्रामा अगाडि बढ्न सक्ने वताए ।
कलस्ष्टर संयोजक धनवहादुर परियारले पार्टीले सञ्चालन गरेको अभियानको वारेमा जानकारी दिदै एमालेले अगाडि सारेको नीति र कार्यक्रमबाट मुलुकले निकास पाउने ठोकुवा गरे ।
नारायणस्थान गाउ पार्टी कमिटीका अध्यक्ष टीकावहादुर खत्रीको अध्यक्षतामा समपन्न भएको उदघाटन कार्यक्रममा पार्टी जिल्ला कमिटीका सदस्य आत्मराम शर्मा, पार्वती शर्मा, बालिका केसी, क्षेत्रिय कमिटीका उपाध्यक्ष हरिराम अधिकारी, वेलवा विशेष कमिटीका अध्यक्ष काशीराम रेग्मी, पैयुपाटा गाउ पार्टी कमिटीका अध्यक्ष डिल्लीराम रेग्मी लगायतले शुभकामना मन्तब्य राख्दै एमाले नै राष्ट्रको प्रमुख पार्टी बन्नुपर्ने वताए । कार्यक्रमको सञ्चालन सचिव सुरेश सिकेले र स्वागत उपाध्यक्ष कविराज वस्नेतले गरेका थिए ।
यसैविच, नारायणस्थान गाउ पार्टी कमिटीको आठौ गाऊ अधिवेशन विहिवार नै समपन्न भएको छ । अधिवेशनले सुरेन्द्र आचार्यको अध्यक्षतामा नयाँ गाऊ पार्टी कमिटी गठन गरेको छ ।
कमिटीको उपाध्यक्षमा कविराज वस्नेत, सचिवमा सुरेश सिके, उपसचिवमा महेन्द्र शर्मा र सदस्यहरुमा रत्न वहादुर जिसी, टेक वहादुर वस्नेत, गणेश सुवेदी, गोविन्द सिग्देल, सर्मिला केसी, कोपिला केसी, सिरा नेपाली, गोपाल थापा, पुजा आचार्य, आशा नेपाली, देवी नेपाली, कल्पना लामिछाने र सरिता शर्मा रहेका छन् । नवनिर्वाचित कमिटीलाई पार्टीको वैकल्पिक केन्द्रिय सदस्य मना केसीले पद तथा गोपनियताको सपथ गराएका थिईन ।
त्यसैगरी, नेकपा एमाले गाउ पार्टी कमीटी सिगानाको विहिवार समपन्न छैठौै गाउ अधिवेशनवाट तुल बम मल्ल अध्यक्षमा निवार्चित भएका छन् । अधिवेशनबाट हरिवहादुर जीसी उपाध्यक्ष, जगत जि.सी. सचिव, सरस्वती परियारउपसचिवमा निर्वाचित भएका छन् । कमिटीको सदस्यहरुमा सुर्य वहादुर जि.सी, धन कला जि.सी, प्रेमबहादुर खड्का, दिलबहादुर खड्का, ललिता जिसी, भल बहादुर थापा, तेज बहादुर थापा, प्रेम जि.सी,पूर्ण बहादुर कार्की, दिलीप खाती, राजन जि.सी निर्वाचित भएका छन ।
अधिवेशनको उदघाटन गर्दै पूर्व उर्जा राज्यमन्त्री रामजी प्रसाद शर्माले राष्ट्रियताको सवालमा नेकपा एमाले पछि नहट्ने बताउदै अबको निर्वाचनमाएमाले पहिलो पार्टी बन्ने आधारहरु खडा भईसकेको बताए । कार्यक्रममा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य गिता शर्मा, सचिवालय सदस्य धु्रव केसी, जिल्ला कमिटी सदस्य बैकुण्ठ सापकोटा, क्षेत्रीय सदस्य शिव कुमार खड्का, तेज बहादुर खत्री, नेपाली कंग्रेसका छम बहादुर कर्की, माओवादी केन्द्रका कृष्ण थापाले शु्भकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा गाउ पार्टी अध्यक्ष सुरेश मल्लको अध्यक्षता, गोविन्द प्रसाद गौतमकोस्वागत र भद्रबहादुर कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।
यसैगरी, जिल्लाको बाटाकाचौरको धनमुडामा सम्पन्न अधिवेशनले नेकपा एमाले बाटाकाचौर गाउ कमिटिको अध्यक्षमा लिलाधर पौडेललाई सर्वसम्मत निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा पदम बहादुर खनाल, सचिवमा पि .पी परियार, उपसचिव टेक बहादुर थापा तथा सदस्यहरुमा सालिकराम सुवेदी, टेक बहादुर बत्स्याल, दुर्गा थापा र खुविन्द्र थापा मगर रहेका छन् । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमुख अतिथि रामबहादुर जिसीले सपथ ग्रहण गराएका थिए ।
त्यसैगरी, नेकपा एमाले सल्यान गाउँ कमिटि बागलुङको अधिवेशनले नर बहादुर खत्रीको अध्यक्षतामा नयाँ कमिटि गठन गरेको छ । सल्यानको ठुलापोखरामा सम्पन्न अधिवेशनबाट कमिटिको उपाध्यक्षमा पिताम्वर शर्मा, सचिवमा यम बहादुर खत्री, उपसचिवमा लक्ष्मी खत्री चयन भएका छन । सदस्यहरुमा टिकाराम शर्मा गौतम, इन्द्रा खत्री, मुनाकला गौतम चयन भएको एमालेले जनाएको छ ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागका सदस्य रामबहादुर जिसी, नेकपा एमालेका जिल्ला सचिवालय सदस्य तथा कलष्टर नं. ८ का संयोजक सावित्रा राना, क्षेत्र नम्वर २ एमाले उपसचिव सन्त बहादुर गौतम, क्षेत्रीय सदस्य यामबहादुर खत्री लगायतले शुभकामना व्यक्त गरेका थिए ।