प्रधानमन्त्री केपी शर्मा ओली सरकार काम गर्न व्यस्त रहेको बताएका छन् ।
सामाजिक सुरक्षा योजना घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले अघि भने, ‘मजदुरलाई सोध्नुस्, श्रमजीविलाई सोध्नुस्, दुख पाएका गरिबलाई सोध्नुस् सरकार कहाँ छ ?’
केही दिनमा मेलम्ची आउने र त्यसले सरकार कहाँ छ भन्ने जवाफ दिने उनले बताए । ‘बाटोमा धुलो उड्न कम भएको छ, जवाफ पाउनुपर्ने हो, काठमाण्डुमा सडक बढारिन्छ धोइन्छ, अनि थाहा पाउनुहुन्छ सरकार कहाँ छ ?’, उनले भने, ‘कलंकी नागढुंगा सडक हेर्न जानुस्, त्यहाँ छ सरकार ।’
जता फर्कियो, त्यता सरकार देख्न थालेपछि विरोध गर्नेहरु आफैं चुप लाग्ने प्रधानमन्त्री ओलीले बताए ।
सामाजिक सुरक्षा योजना घोषणा कार्यक्रममा तामझाम बढी भएको भन्दै आलोचना भएको छ । तर, नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भने, यो तामझाम मैले देखिनँ भन्नेहरुलाई देखाउन हो । थाहा पाउनु भनेर हो ।’
उनले अबका कार्यक्रमहरुमा बाजा समेत बजाइने बताए ।