
हेटौंडा । यतिबेला मकावानपुरका अधिकांश युवा रोजगारीका लागि विदेशमा छन् ।
आजको नेपाल समाचारपत्र दैनिकमा याे खबर छ – गाउँमा कुनै किसिमको रोजगारीका अवसर सिर्जना नभएपछि युवा विदेशतिर लागेका हुन् ।
गाउँमा खान मानो छैन, खेतमा खडेरी लागेको छ, बाली लगाउन सिँचाइ सुविधा छैन । ‘सिंहदरबारको अधिकार गाउँमा आयो भन्छन्, हामीलाई थाहा छैन । परिवार पाल्न विदेशतिर रोजगारीका लागि जानुको विकल्प छैन’ –मकवानपुरगढी गाउँपालिका –२ का हरिकुमार हुमागाईले गुनासो गर्नुभयो ।