कृष्ण कँडेल
बागलुङ, ३ कात्तिक – कतारमा रहेका प्रवासी नेपालीले बागलुङको विभिन्न ठाउँका बाढी पहिरो, अग्नी र मृगौला पिडित तथा विदेशमा ज्यान गुमाउनेका परिवारलाई राहात रकम प्रदान गरेका छन् । बागलुङ सेवा समाज दोहा कतारको पलहमा संकलन गरिएको ३ लाख ३३ हजार रुपैयाँ राहात प्रदान गरिएको हो ।
१ लाख ४१ हजार रुपैयाँ गत साउनमा आएको बाढीबाट घरबार विहिन बनेका दुर्गम बुर्तिबाङ क्षेत्रका बाढि पहिरो प्रभावित ८१ घर परिवारलाई प्रदान गरिएको छ ।
समाजका अध्यक्ष चन्द्रकान्त शर्मा र सल्लाहकार संयोजक बालसिंह परियारले घरवार विहिन बनेका ग्वालीचौर–८ खालका ५ परिवारलाई जनही रु. ४ हजार र अधिकारीचौरको विभिन्न बडाका ७६ परिवारलाई जनही रु. १ हजार ६ सय राहात रकम प्रभावित क्षेत्रमै पुगेर वितरण गरेका हुन् ।
समाजका अध्यक्ष चन्द्रकान्त शर्माले दुर्गम गाउँका नागरिकलाई परेको समस्यामा सानो सहयोगले पनि केहि राहत हुने भएकोले जीवन धान्न विदेशिएका साथीहरुबाट एक एक रुपैयाँ गरेर जुटाएको रकम पिडितको घरदैलोमै पुगेर उनीहरुकै हात दिन पाउँदा खुशी लागेको बताए ।
त्यस्त,ै दुवै मृगौला गुमाएका खुङगाका मनबहादुर विकलाई ३० हजार र मजदुरी गर्दा ढुङ्गाले लागेर दुवै आँखाको ज्योति गुमाएका ताराखोलाका चन्द्रबहादुर दर्जीलाई २० हजार उपचार खर्च सहयोग गरेका छन् ।
धुल्लुबाँस्कोटका १२ घर अग्नीपिडितलाई राहात रकम १ लाख २ हजार र मलेसियामा काम गर्ने क्रममा ज्यान गुमाएका ताराखोलाका जीतबहादुर घर्तीकी ३ बर्षिया छोरीलाई ४० हजार पढाई खर्च सहयोग गरेको बागलुङ सेवा समाज कतारका सल्लाहकार संयोजक बालसिंह परियारले जानकारी दिए ।
त्यस्तै नमुना राष्ट्रिय बिकास केन्द्र नेपालले बाढि पहिरो प्रभावित ११ परिवारलाई २ लाख भन्दा बढीको जस्तापाता र लगाउने कपडा प्रदान गरेको छ । गत साउनमा आएको बाढी पहिरोबाट घरबार विहिन बनेका नागरिकलाई छानोमुनि ल्याउन ६५ थान जस्ता र ४ बोरा कपडा प्रदान गरिएको नमुना राष्ट्रिय विकास केन्द्रका बरिष्ठ उपाध्यक्ष चुडाबहादुर कार्कीले जानकारी दिए ।
स्थानिय प्रहरी प्रशासनसँग समन्वय गरि ५५ हजारको जस्ता र १ लाख ५० हजार बराबरको लगाउने कपडा गरि २ लाख ५ हजारको राहत सामग्री बितरण गरिएको हो । काठमाण्डौमा रहेका बागलुङबासीबाट संकलन गरिएको सहयोग रकमबाट जस्ता र कपडा खरिद गरि बागलुङ क्षेत्र नम्बर–३ का विभिन्न गाविसका बाढी पहिरो प्रभावितलाई दिर्ईको स्थानिय समन्वयकर्ता कुविर विश्वकर्माले जानकारी दिए ।
Previous Articleत्यो भेट ‘प्लान’ थिएन, प्लान गरेको भए सम्भव थिएन-प्रधानमन्त्री
Next Article संसद्ले लोकमानको पद निलम्बनमा परेको पत्र पठायो