
काठमाडौँ । छपाइ बिग्रेका नोट आजकल बजारमा बढी भेटिन थालेका छन् ।
आजको कान्तिपुर दैनिकमा याे खबर छ – त्यस्ता नोटमध्ये केहीमा गभर्नरको हस्ताक्षर छैन, केहीमा एकतर्फ सादा कागज मात्र छ भने केहीमा नबुझिने खालको मधुरो प्रिन्ट छ । बजारमा भेटिएका त्यस्ता नोटमध्ये धेरैजसो पाँच सय र एक हजार दरका छन् ।
नोट छपाइका लागि अधिकार पाएका केन्द्रीय बैंक पर्याप्त सजकता अपनाउन नसक्दा त्यस्ता नोट बजारमा पुगेका छन् ।