काठमाडौं, ३ कात्तिक – संविधान जारी भएको एक वर्षपछि व्यवस्थापिका संसदको बुधबारको बैठकले ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेको छ । समितिमा नेपाली कांग्रेस र नेकपा एमालेका चार-चार तथा नेकपा माओवादी केन्द्रका दुईजना प्रतिनिधि छन् ।
कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की, फरमुल्लाह मन्सुर, दीपक कुँइकेल र कुमारी लक्ष्मी राई सदस्य रहेका छन् । एमालेले केशव बडाल, सुशीला नेपाल, पार्वत गुरुङ र रेवतीरमण भण्डारी छन् भने माओवादीबाट अमनलाल मोदी र रामनारायण बिडारी छन् । राप्रपा नेपालबाट प्रमुख सचेतक दीलनाथ गिरी सिफारिस समितिमा छन् ।
संसद बैठक अघि सभामुख ओनसरी घर्तीले बोलाएको सचेतकहरुको बैठकले राप्रपा नेपालको प्रतिनिधिको नाम छुटेको थियो । तर, राप्रपा नेपालले प्रधानमन्त्रीको सम्बोधनमा अवरोध गर्ने चेतावनी दिएपछि नाम थप गरिएको छ । संविधानको धारा १०१ मा महाअभियोग सम्बन्धी व्यवस्था छ । सोही धाराको उपधारा ३ र ४ मा महाअभियोग सिफारिस समिति गठन सम्बन्धी व्यवस्था छ ।
संविधान जारी भएको एक वर्षपछि महाअभियोग सिफारिस समिति
Previous Articleगल्कोटमा जिप दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु
Next Article लोकमानसिंह कार्कीविरुद्ध संसद्मा महाअभियोग दर्ता