काठमाडौँ । नेपाल प्रहरीलाई १०० नम्बरमा एसएमएस गरी घटना र अपराधको जानकारी दिन सकिने भएको छ ।
आजको कान्तिपुर दैनिकमा याे खबर छ – प्रहरीले आइतबारदेखि ‘एसएमएस सेवा’ थालेको हो । यो सेवाले अपराध नियन्त्रणका लागि सूचना लिन सहज हुने विश्वास प्रहरीले व्यक्त गरेका छ ।
निमित्त महानिरीक्षक पुस्कर कार्कीले १३ औँ महानगरीय प्रहरी दिवसको अवसर पारेर सेवाको सुरुवात गरे ।