अहिले पछिल्लो समय प्रविधिको विकास भए सँगै धेरै रोगहरु र त्यसको कारण पनि पत्ता लाग्न थालेको छ । अहिलेको परिश्थितिमा बालबालिकाहरुको मृत्युदरमा उच्च स्थान झाडापखाला तथा निमोनियाले लिने गर्दछ । पाँच वर्ष मुनि उमेर समूहका मृत्यु हुने बालबालिका मध्ये १६ प्रतिशत बालबालिकाहरु मृत्युको कारण निमोनियाँ हो । यही निमोनियाका कारण विश्वभरमा पनि धेरै बालबालिकाको मृत्यु हुने गरेकाले गर्दा सन २००९ देखि विश्वभर निमोनियाको बारेमा जानकारी फैलाउने उद्देश्यले नोभेम्बर ११ का दिनमा विश्व निमोनिया दिवस मनाउँदै आइएको छ । सामान्य अर्थमा भन्ने हो भने निमोनिया बालबालिकामा मात्र नभएर ६० वर्ष माथिका जेष्ठ नागरिकलाई पनि उच्च जोखिमको रोग हो । ५ वर्ष मुनी र ६० वर्ष माथिका मानिसमा सामान्य रुघाखोकी लागे पनि त्यसमा निमोनिया हुने उच्च जोखिम हुने गर्दाछ ।
विश्वभर मनाइने विश्व निमोनिया दिवसको उद्देश्य भनेकै विश्वभर निमोनियाको बारेमा जानकारी दिने गर निमोनिया विरुद्ध जनचेतना फैलाउने हो । संयुक्त राष्ट्रसंघको आह्वानमा १२ नोभेम्बर २००९ देखि मनाउन थालिएको यस दिवसको अवसरमा विश्वका सबै स्वास्थ्य संस्था तथा स्वास्थ्य संग सम्बन्धीत गैर सरकारी संस्थाहरुको अगुवाइमा आयोजना गरिन्छ । निमोनियाको संक्रमण भएको खण्डमा फोक्सोमा असर गर्छ र पानी जम्मा हुने पनि हुन सक्छ । यसको कारण फोक्सोको एक हिस्साालाई कमजोर बनाउने भएकाले स्वासप्रस्वासमा समस्या हुन्छ । निमोििनयाको गम्भीर रुप भनेको निकै घातक हुन्छ र यसले मानिसको ज्यानै पनि जान सक्छ ।
विश्वमा निमोनियाका कारणले अकालमा ज्यान गुमाउनेहरुको संख्या धेरै रहेको कारणले गर्दा यो रोगबाट समयमै सचेत हुन जरुरी छ । निमोनियाको सामान्य लक्षणको बारेमा जानकार हुँदै यसबाट बच्न तर्फ पनि समयमै सचेत हुन भने पक्कै जरुरी छ । एक हप्ताभन्दा धेरै समय रुघाखोकी लागेको खण्डमा त्यो निमोनिया हुन सक्ने भएकाले समयमै स्वास्थ्य संस्था जान तर्फ सोच्न पर्छ । जाडो याममा रोग प्रतिरोधात्मक क्षमता घट्ने तथा धेरैजना एकै ठाउँमा बस्ने गर्दा एक व्यक्तिमा देखिएको रुघाखोकी अरुमासर्ने सम्भावना धेरै हुन्छ । रुघा खोकी लाग्ने भाइरस चिसोमा बढी सक्रिय हुने भएकाले निमोनियाको जोखिम जाडोमा उच्च हुन्छ । त्यसैले जाडोको समयमा निमोनियाबाट बच्नका लागि ध्यान दिनु पर्छ । जाडोको समयमा कम भेटघाट गरे, एउटै कोठामा धेरैजना नबसे, बाहिर हिँड्दा मास्क लगाए, बाहिरका खानेकुरा नखाए, झोलिलो खानेकुरा खाए जाडोमा लाग्ने रुघाखोकीबाट बच्नुका साथै निमोनियाको जोखिमबाट पनि बच्न सकिन्छ । हामीले समयमै सोच्न पर्छ कि निमोनियाबाट कुन तरीकाबाट जोगाउन सकिन्छ भन्ने कुरा । निमोनिया दिवसमा मात्र नभएर सँधै सबै निमोनियाको जोखिमबाट बच्ने र बचाउने तर्फ लागौं । सबैको शुभ होस ।
Previous Articleमदिरा तथा लागूऔषध नियन्त्रणका लागि सशक्त अभियान: गृहमन्त्री थापा
Next Article पत्नीको उपचार र विश्रामका लागि प्रचण्ड बेनीमा