मानव विकास सुचाङ्कमा १ सय ४४ औं र क्षेत्रफलका हिसाबले अष्ट्रेलिया ९३ औं ठूलो देश हो नेपाल । दक्षिण एशियाको एउटा सानो देश नेपालबाट संख्याका हिसाबले जुन अनुपातमा विद्यार्थी अष्ट्रेलिया भित्रेका छन् । पछिल्लो समय उच्च र गुणस्तरिय शिक्षाको खोजिमा विदेशमा पढ्न जानेको संख्या बढ्दै गएको छ । शिक्षा र रोजगारीको लागि पहुँचवालाहरुको रोजाईमा पर्ने गरेको छ अष्ट्रेलिया, जापान, अमेरिका, बेलायत, क्यानडा लगायत देशहरु ।
हुनत न रोजगारीको लागि भने नेपालीहरु नपुगेको देश कमै होलान् । पछिल्लो समय उच्च र गुणस्तरिय शिक्षाको खोजिमा विदेशमा पढ्न जानेको संख्या बढ्दै गएको छ । शिक्षा र रोजगारीको लागि पहुँचवालाहरुको रोजाईमा पर्ने गरेको छ अष्ट्रेलिया, जापान, अमेरिका, बेलायत, क्यानडा लगायत देशहरु । हुनत न रोजगारीको लागि भने नेपालीहरु नपुगेको देश कमै होलान् ।

म्यानेजिङ डाईरेक्टर
एभरेष्ट ग्लोबल एजुकेशन
तर पहुँचवालाहरुको रोजाईमा भने महङगो देश नै पर्ने गरेको छ । उच्च शिक्षामा विदेश विद्यार्थीहरु पठाउने कन्सलटेन्सीको पनि नेपालमा भने कमी छैन् । कसैले विद्यार्थीहरुको भविष्यलाई नै खेलवाड गरि कमाउने रुपमा नै स्थापना गर्दै ठगी गर्दै आईरहेका छन भने धेरै जसो कानूनी रुपमा नै काम गर्दै विद्यार्थीहरुलाई सक्षम बनाएर विदेश पठाउने काम गर्दै आएका छन् । अधिकांस विद्यार्थीहरुको रोजाईमा रहेको मध्ये एक हो एभरेष्ट ग्लोबल एजुकेशन ।
जसको स्थापना २०१६ मा म्याग्दीका युवा व्यवसायी पदमलाल सापकोटा पोखरावाट सुरु गर्नु भएको थियो । अहिले यसको शाखा नेपालका प्रमुख शहर लगायत अष्ट्रेलियाको प्रमुख शहरमा समेत स्थापना भएको छ । उच्च र गुणस्तरिय शिक्षाको लागि विद्यार्थीहरुलाई पढ्नका लागि विदेश पठाउने काम गर्दै आउनु भएका एभरेष्ट ग्लोबल एजुकेशनका सापकोटा सँग अधिकांस विद्यार्थीको रोजाईमा कुन देश पर्छन यसै विषयमा एभरेष्ट ग्लोबल एजुकेशन म्यानेजिङ डाईरेक्टर पदमलाल सापकोटासँग गरिएको कुराकानी ।
एभरेष्ट ग्लोबल एजुकेशन कहिले स्थापना गर्नुभयो यसकोे उद्देश्यचाँही के हो ?
एभरेष्ट ग्लोबल एजुकेशन स्थापना सन् २०१६ मा पोखरावाट गरेको थिए । अहिले पोखरावाट काठमाडौंको बागवजार, म्यादी, तनहुँ, पर्वतमा स्थापना भैसकेका छौं चितवनमा खोल्ने तयारीमा छौं । पछि सबै प्रदेशमा खोल्ने गृहकार्य भैरहेको छ । पछिल्लो समय कन्सलटेन्सीको नाममा ठगीहरु धैरै भैरहेको समाचारहरु आईरहेको बेला उच्चशिक्षाको लागि विदेश जान ईच्छुक विद्यार्थीहरुलाई सहज र विश्वासिलो माध्यमको रुपमा हामी आएका हौं । विभिन्न देशका सेलेबसहरुलाई विद्यार्थीमाज पुत्याउने काम गछौ । हामीले लगभग तीन वर्षको अन्तरालमा गरेको अधिकांस काम सफल भएका छन् । सबैको मन जित्दै विश्वासिलो कम्पनीको रुपमा हामी अग्रस्थानमा परेका छौं ।
तपाईहरुले ५ वटा देशमा विद्यार्थीहरु पठाउने काम गर्दै आउनु भएको छ,त्यस मध्ये अधिकांस विद्यार्थीको रोजाईमा पर्ने देश चाँही कुन हो ?
हामीले सुरुवात देखिनै अष्ट्रेलिया, जापान, अमेरिका, बेलायत, क्यानडामा विद्यार्थीहरु पठाउने काम गर्दै आएका छौं । ती मध्ये अधिकांसको रोजाईमा अष्ट्रेलिया नै पर्ने गरेको छ हामीवाट पनि जानेको संख्यामा अष्ट्रेलिया नै बढि रहेको छ ।
अधिकांस विद्यार्थीको रोजाईमा अष्ट्रेलिया नै किन पर्छ ?
अष्ट्रेलियाको उच्चशिक्षा, त्याहाँको विश्वविद्यालयवाट पाईने सर्टिफिकेट (शैक्षिक योग्यताको प्रमाणपत्र) विश्वव्यपी रुपमा नै मान्यता प्राप्त छ । उत्कृष्ठ विद्यार्थीको लागि अष्ट्रेलिया जान त्यहाँ गएर अध्यायन गर्नपनि सहजै रहेको छ । पढाइको साथसाथै कमाइ पनि छ । त्यहाँको पढाईपनि अन्यदेशको तुलनामा उत्कृष्ठ नै रहेको हुनाले रोजाईमा अष्ट्रेलिया नै पर्न गएको हो । हामीवाट मात्र २ वर्षको हाराहारीमा ४० जना गएका छन् । हामीत अहिले सुरुवाती चरणमा रहेका छौं । अहिले मार्केट प्रमोशन गर्दैछौं ।
यो आकर्षणमा शिक्षाको गुणस्तर र उचित शुल्क पहिलो कुरो । विद्यार्थीहरुको लागि अरु देशको तुलनामा सहज जीवनशाली, दोस्रो । तेस्रो कुरा त्यहाँबाट सिक्ने कुरा । कितावको ज्ञान मात्रै सिक्ने होइन कि संसारभरिबाट आउने मानिसहरुको संगतले धेरै कुरा सिक्न सकिन्छ । यो ठाउँ भनेको औपचारिक शिक्षाका लागि मात्रै नभएर धेरै अनुभव हासिल गर्न, सुचना आदान प्रदान गर्न र अरु देशको संस्कृतिसँग घुलमिल हुन समेत पाइन्छ ।
अष्ट्रेलियाका अर्को महत्त्वपूर्ण विशेषता राम्रो मौसम हो ।अष्ट्रेलिया यस्तो शैक्षिक गन्तव्य हो जहाँ विदेशी विद्यार्थीले आफ्नो अध्ययन सकेपछिको दुई वर्ष यहीँ बसेर आफ्नो क्षेत्रमा काम गर्ने अवसर भेट्छन् । धेरै मुलुकबाट अष्ट्रेलिया अध्ययनका लागि आउनुको कारण यो पनि हो । यतिखेरको अध्यागमन व्यवस्था अनुसार उच्च तह स्नातक वा स्नातकोत्तरको अध्ययन सकेको विद्यार्थीले दुई वर्षको ‘पोस्ट स्टडी वर्क’को समय पाउँछ । यो त्यही समय हो जतिखेर पूरै समय काममा लगाएर अध्ययनका लागि गरेको सबै लगानी उठाउन सकिन्छ ।
विद्यार्थीहरुले एभरेष्ट ग्लोबल रोज्नुको कारण चाँही के हो ?
अरुको तुलनामा विद्यार्थीहरु हाम्रो रोजाईमा पर्नुको कारणचाँही हामी विद्यार्थीको अभिभावक, साथी सरह नै रहेका छौं ।त्यस संगै गुणस्तर काम पनि हो, हामी हाम्रावाट जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श हामीहरुले दिने गरेका छौं । विद्यार्थीहरुको चित्तबुझाएर नै हामी पठाउछौं अहिले सम्म हामीवाट गएका विद्यार्थीहरुको कुनै गुनासो रहेको छैन् । हाम्रो बारेमा उहाँहरु सँग नै सोध्ने हो भनेपनि हामी तपाइृहरुलाई सम्पर्क गराउन सक्छौं । हामि को हौं कस्तो हौ तपाईहरुले उहाँहरु सँग नै बुझन पनि सक्नु हुन्छ ।
अष्ट्रेलिया विद्यार्थीहरुको प्रमुख रोजाईमा त पर्छ भन्नु भयो, अष्ट्रेलियामा विद्यार्थीहरुको कतिको छ चुनौती र अवसर ?
अष्ट्रेलिया विद्यार्थीहरुको लागि चुनौती भन्दा पनि अवसर धेरै रहेको छ । चुनौती भनेको नै भिषा लाग्नु नै हो । पहिला भिषा लागेपछि खासै अप्ठारो परिस्थिती आउँदैन् ।
अवसर भनेको विश्वको सबैभन्दा गुणस्तरको शिक्षा हुने देश अष्ट्रेलिया हो । अन्य देशको तुलनामा धेरै काम गर्न पाउँछ, पैसा पनि धेरै नै कमाई हुन्छ त्यो नै अवसर हो । गुणस्तरीय शिक्षा, करियरको राम्रो अवसर र पीआर अष्ट्रेलियाका मूख्य आकर्षण तथा विशेषता हुन् । अष्ट्रेलियाको शैक्षिक गुणस्तर निकै राम्रो छ किनभने त्यहाँ शिक्षा सम्बन्धि प्रभावकारी नीतिहरु बनाइएका छन् र तिनलाई कडा रुपमा कार्यान्वयन गरिएको छ । यदि कुनै पनि शैक्षिक संस्थाले सरकारले बनाएको नीति पालना गर्दैन भने,त्यो तुरुन्त कारबाहीमा पर्छ ।
तपाईकहाँ आउने विद्यार्थीहरुलाई कस्तो विद्यालय छान्न सल्लाहदिनु हुन्छ ?
क्स्तो विद्यालय छान्ने भन्दापनि विद्यार्थीहरुको योग्यता कस्तो छ त्यसमा नै भरपर्ने कुरो हो । अर्को कुरा पारिवारिक वातावरण कस्तो छ त्यसमा नी भरपर्छ । उच्च स्तरिय परिवारको छ शिक्षापनि उत्कृष्ठ छ भने उनिहरुलाई विश्वविद्यालय पठाउने सल्लाह दिन्छौं । सामान्य भिषा मात्र लाग्ने खालको छ भने दोस्रो स्तारको कलेजहरुमा जना सल्लाह दिन्छौ ।
कन्सल्टेन्सीहरुले विदेश पठाउने बाहानामा विद्यार्थीहरु ठगिए भन्ने समाचारहरु धेरै आईरहेका छन् नी के कन्सल्टेन्सीहरु सरकारको निगरानीमा नभएको हो ?
सरकारले निगारानी गरिरहेकै छ छन् त तर नक्कली कागजपत्र बनाएर एक कोठे कम्पनी खोल्दै ठग्नेहरुको संख्यानी नभएको त होईन् । हामी शिक्षा मन्त्रालयवाट नै मान्यता प्राप्त छौं,कम्पनी रजिष्टर,राजश्वमा पनि दर्ता भएर सञ्चालनमा छौं विद्यार्थीहरुले पनि यो कस्तो कम्पनी हो विचार गनुपर्छ अनि ठगिदैनन नी त ।
राजनितीक परिवर्तनले तपाईहरु जस्तो व्यवासायीलाई असर पर्छ कि पर्दैन् ?
राजनितक परिवर्तनले असर नपर्ने भन्ने त कुरै हुदैन्न नी । सरकार परिवर्तन भएपछि नियमहरु फेर,बदल हुनसक्छ ।
एभरेष्ट ग्लोबल एजुकेशनको विशेषता चाँही के हो ?
हाम्रो प्रमुख विशेषता भनेको विभिन्न ठाँउमा शाखाहरु रहेका छन् । उच्चशिक्षाको लागि विदेश जानको लागि काठमाडौं नै आउनु पर्ने अन्त्य हामीले गरेका छौं । IELTS पढ्नकै लागि विद्यार्थीहरु काठमाडौं आउनु पर्दैन् । म्याग्दी,पोखरा,तनहुँ, पवर्तमा IELTS क्लास सञ्चालन गरेका छौं । म्याग्दी,पोखरा,तनहुँ, पवर्तमा हुने पढाईको गुणस्तार र काठमाडौंमा हुने पढाईको गुणस्तार एकै समान छ । पढ्न र विदेश जान काठमाडौं नैआउनु पर्छ भन्ने विद्यार्थीको मानसिकता हटेको छ त्यो नै हाम्रो विशेषता हो । मोफसलको विद्यार्थीको लागि हामीले काठमाडौं कै सेवा दिएका छौं ।
एभरेष्ट ग्लोबल एजुकेशनवाट विदेश गएको विद्यार्थीको स्थान कहिले कहाँ रहेको छ ?
एभरेष्ट ग्लोबल एजुकेशनवाट गएका विद्यार्थीमध्ये अहिल अष्ट्रेलियामा रहेका विद्यार्थी परिचित भएका छन् । हामी भरखरै सुरुवाती चरणमा नै रहेर भनि अष्ट्रेलियाको सिड्नी , मेलर्वन र पर्थमा रहेका छन ।
एभरेष्ट ग्लोबल एजुकेशनवाट कुन कुन विषयको पढाई हुन्छ र लागत खर्च कति लाग्छ ?
हाम्रो नेपालको विभिन्न स्थानमा रहेको एभरेष्ट ग्लोबल एजुकेशनवाट एकै किसिमको पढाई हुन्छ । जसमा IELTS,TOEFL,SAT रहेका छन् । IELTS गर्न ५ हजार ७ सय लाग्नेछ भने TOEFL को लागि ६ हजार लाग्नेछ । SAT को १२ हजार रुपयाँ लाग्नेछ । सबै कोर्ष ३५ दिनको भएपनि हामीले भने २ महिना सम्म पढाउँदै आईरहेका छौं । हाम्रोमा यी कोर्षहरु पुरा गरेका विद्यार्थीहरुलाई शतप्रतिशत नै भिषा लाग्नेछ ।
यसमा हामी ग्यारेन्टी नै छौं । हामी आफै IELTS पढाउने भएकाले व्रिटिस काउन्सिल र आईडिपीको पनि आधिकारिक दर्ता हौं । IELTS पढिसकेपछि व्रिटिस काउन्सिल र आईडिपीमा फारम भर्नपर्ने सबै काम हामीले नै गरिदिन्छौं । म्यादी,पर्वतका विदार्थी काठमाडौं आएर ्रटिस काउन्सिल र आईडिपीमा फारम भर्नेIELTS मिती लिने गरिराख्नु पर्दैछ । त्यसमा सबै हामीले नै गरिदिन्छौं ।
एभरेष्ट ग्लोबल एजुकेशनवाट IELTS गरेर उच्च र गुणस्तरिय शिक्षाको खोजिमा विदेशमा पढ्न जाने सोचमा हुनुहुन्छ ? हामीलाई सम्झनुहोस् ।
सम्पर्क : abroad study consultation, contact us:EVEREST GLOBAL EDUCATION
Chipledhunga, Pokhara [Head office]061533601
Bagbazaar, Kathmandu [Branch office]01-4247690
Campus Chowk, Myagdi, Beni [Branch office]069-521347
NP Chowk, Dulegauda-04, Tanahu [Branch office]065-414427NP
Kushma, Parbat-05Gaidakot ,Nawalpur- 02Ph:078-502796