वर्षमा एकपल्ट दशैंका बेला मात्रै नयाँ नोट सटही गर्दै आएको नेपाल राष्ट्र बैंकले अब हरेक चाडपर्व र राष्ट्रिय दिवसका अवसरमा पनि नयाँ नोट साट्ने भएको छ ।
राष्ट्र बैंकले अब विभिन्न जातजातिका मौलिक तथा राष्ट्रिय पर्वका अवसरमा पनि नयाँ नोट साटही गर्ने व्यवस्था लागू गरेको हो ।
राष्ट्र बैंकले अब नयाँ वर्ष, उभौली पर्व, बुद्ध जयन्ती, गाईजात्रा, गौरा पर्व, हतितालिका तीज, संविधान दिवस, इन्द्रजात्रा, जितिया पर्व, दशैं, तिहार, छठ, फाल्गुनन्द जयन्ती, गुरु नानक जयन्ती, उधौली पर्व, योमरी पुन्हि–ज्यापु दिवस, क्रिसमस, ल्होसार, माघी पर्व, महाशिवरात्री, घोडे जात्रा, होली, ईदलगायत पर्वमा पनि नयाँ नोट सटहीको व्यवस्था गरेको हो ।
यसअघि दशैंका बेला मात्रै नयाँ नोट सटहीको व्यवस्था गर्दा नयाँ नोट वितरणको चाप एकैपटक बढेपछि राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।
साथै दशैंका बेला साटेका नयाँ नोट अर्को वर्षसम्म पुरानो भइसक्ने समस्याका कारण पनि हरेक चाडपर्वमा नयाँ नोट साट्ने व्यवस्था लागू गरिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले काठमाडौंमा मुद्रा व्यवस्थापन विभागबाट नयाँ नोट साट्ने छ । यस्तै काठमाडौं उपत्यका बाहिर राष्ट्र बैंकका विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, पसद्धार्थनगर, नेपालगन्ज र धनगढीस्थित कार्यालयबाट पनि नयाँ नोट साट्न पाइने छ ।