नेपाली कांग्रेसको महासमिति बैठक आगामी मंसिर २८ गतेसम्मका लागि भन्दै सारिएको छ । २८ गते बैठक पुस ३ गते सम्पन्न हुने बताइएको छ ।
मंगलबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले विजयकुमार गच्छदारलाई सपसभापतिमा मनोनित समेत गरेको छ । कांग्रेसमा आन्तरिक विवादका बीच पार्टी एकताबाट आएका नेता गच्छदारलाई उपसभापतिमा नियुक्त गर्नुका साथै महासमिति बैठक सारेको हो । सभापति शेरबहादुर देउवाले गच्छदारलाई उपसभापति बनाउने बचन दिइसकेका थिए । देउवाले गच्छदारलाई उपसभापति बनाउन भित्रि चाल रचिससकेका थिए ।