हिन्दू धर्मावलम्बीहरुले मनाउने ठूलो चाड बडादशैं पछि आउने तिहार आजबाट शुरु भएको छ । आज काग तिहार सँगै यमपञ्चकको शुरुआत भएको छ । हिन्दूहरुले मनाउने तिहारको पहिलो दिनलाई काग तिहार भनिन्छ । नेपालमा भव्यताका साथ मनाइने तिहार पर्व अन्तरगत कार्तिक कृष्णपक्ष त्रयोदशी देखि कार्तिक शुल्क पक्ष द्वितीया तिथिसम्म पाँच दिन मनाइने तिहार पर्वको आरम्भ काग तिहारबाटै हुन्छ । काग तिहार कार्तिक कृष्ण त्रयोदशीका दिन पर्दछ भने यस दिन अर्थात काग तिहारमा कागलाई यमराजको सन्देश वाहकका रुपमा पूजा गरिन्छ । काग तिहारका दिनमा कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने चलन रहेको छ । कागलाई परापूर्व कालमा हुलाकी पनि भनिन्छ । सन्देश प्रवाहक प्राणी, काग करायो भनें केही सन्देश या पाहुना आउने जनाउका रुपमा नेपाली समाजमा लिने चलन अझै पनि रहेको छ ।
हिन्दूहरुको चाड तिहारको पहिलो दिनमा कागको पुजा गरिने भए पनि कागलाई खराब सन्देशका सूचक पनि भन्ने गरिन्छ । यमराजको दुत काग भएको कारणले गर्दा यमलोकका अधिपति यमराजले मानिसको जन्म मृत्युको लेखा जोखा राख्ने र उनै यमराजको विश्वासीलो दुत काग भएकाले यसलाई असुभ पंक्षी मान्ने गरीए पनि तिहारमा भने सबै नकारात्मक कुराहरुलाई भुलेर कागको पुजा गरिन्छ । हाम्रो समाजमा कागलाई एउटा वाठो पन्छी को रुपमा पनि लिइन्छ र यसले हाम्रो वालीनालीमा भएका दुर्गुणी किराफट्याङ्ग्राहरुलाई खाईदिएर अन्न उत्पादनमा र माशंजन्य फोहेरहरु खाईदिएर सरसफाईमा सहयोग गर्दछ ।
नेपाल लगायत विश्वका विभिन्न मुलुकमा मानिने हिन्दू सनातन सस्कारमा टेक्ने माटो देखि स्वास फेर्ने हावा अनि वर्षीने वादलदेखि गर्जिने वाघसम्म, कुकुर देखि काग अनि वोटविरुवासम्म सबैकुरामा पवित्रता र भगवानतत्वको गुण स्वीकारिएको छ । विभिन्न समयमा सबैको पुजा गर्ने प्रचलन रहेको छ । हामीले खाने अनाज उत्पादन गरिदिने जमिनलाई भूमी पुजा गर्ने र रुख विरुवा तथा सबै चिजको पुजा गर्ने गरिन्छ । साउनमा सर्पको पुजा गर्ने हामीले तिहारमा काग, कुकुर, गाई, गोरुको पुजा गरेर भातृत्वलाई बढवा दिई रहेका हुन्छौं । मानिस आफैमा चेतनशिल प्राणी भए पनि सबैको अवाश्यकता ठान्दै पुजा गर्ने जुन नियती छ यसले सबैमा आफन्त भाव बढाउने गर्दछ ।
Previous Articleप्रधानमन्त्रीले स्वदेशमै उपचार गराउँदा चिकित्सकहरू गदगद
Next Article १७औं जेसीज कप फुटबल प्रतियोगिता मंसिरमा