मानवअधिकारवादी पद्मरत्न तुलाधरको निधन भएको छ । केही दिनअघि नर्भिक अस्पतालमा भर्ना भएका वरिष्ठ वामपन्थी नेता तुलाधरको आइतबार दिउँसो निधन भएको हो । अन्नपूर्ण न्यूरो अस्पतालबाट तुलाधरलाई नर्भिकमा रेफर गरिएको थियो ।
तुलाधर मस्तिष्कघात भएपछि अस्पताल भर्ना गरिएको थियो । ७८ वर्षीय तुलाधरको पौने एक बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
तत्कालीन बिद्रोही माओवादी र सरकारबीच मध्यस्थकर्ताको भूमिका निभाएका तुलाधर पूर्व मन्त्री समेत हुन् । २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको कम्युनिष्ट सरकारमा उनी श्रम तथा स्वास्थ्य मन्त्री थिए ।