नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पद्मरत्न तुलाधर राजनीतिक र सांस्कृतिक आन्दोलनको अग्रज भएको बताएका छन् ।
तुलाधरको निधनपछि श्रद्धाञ्जली दिन नर्भिक अस्पताल पुगेका उनले तुलाधरले मानव अधकिार र साँस्कृतिक आन्दोलन संवर्द्धनमा ऐतिहासिक भूमिका निर्वाह गरेको बताए ।
तुलाधरकै भूमिका कारण शान्ति प्रक्रियाको वातावरण बनेको पनि प्रचण्डले बताए । ‘उहाँ शान्ति प्रक्रियाको एउटा यस्तो फेसिलिटेटर हुनुहुन्थ्यो जसले नयाँ वातावरण बनाउन ऐतिहासिक भूमिका खेल्नुभयो’ उनले भने ।
तुलाधरको मष्तिस्कघातको कारण आइतबार नर्भिक अस्पतालमा निधन भएको छ । उनलाई श्रद्धाञ्जली अर्पण गर्न विभिन्न दलका नेताहरु अस्पताल पुगेका छन् । नेकपाका अध्यक्ष प्रचण्ड, अर्का नेता माधवकुमार नेपाल, नयाँ शक्ति पार्टीका संयोजक डा। बाबुराम भट्टराई, पूर्वसभामुख दमननाथ ढुंगाना, शिक्षामन्त्री गिरिराजमणि पोखरेल नर्भिक अस्पताल पुगेका थिए ।