पुर्ण विश्वकर्मा ।
कतार / म्याग्दी प्रवासी नेपाली संघ ( मोना) कतारको बैठक शुक्रबार नोभेम्बर २ तारिकको दिन अध्यक्ष रमेश पौडेलको अध्यक्षतामा सम्पन्न भएको छ ।
बैठकमा मोना कतारका संस्थापक अध्यक्ष तथा आई सि .सि . उपाध्यक्ष प्रेम रसाइली, महासचिव राजु पौडेल, उपाध्यक्ष शिव चोखाल , मिन बहादुर कार्की कोषाध्यक्ष थम गिरि सल्लाहकार हिमाल सुवेदी लगायत संस्थाको सदस्यहरुको उपस्थित रहेको थियो ।
आज बसेको बैठकले मोना आइ सी.सि. महिला तथा बालबालिका अक्षयकोषको लागि मोना कतारले एक लाख एक सय एघार रुपैया १,००१११ ।- सहयोग गर्ने निर्णय गरेको छ ।
महिला तथा बालबालिका अक्षयकोषको सुरु भए पनि अहिलेसम्म ब्याक्ती गत रुपमा सहयोग संकलन भएको थियो । मोना कतार लगायत अन्य एन. सि. सिले पनि सहयोग गर्न सुरु भएको छ । मोना कतारले म्याग्दी जिल्लाको विभिन्न क्षेत्रमा उल्लेखनीय सहयोग गर्दै आएको छ ।
साथै मोना आइ .सि. सिको बैठक २०१९ मा हुने मोना कतारको अधिवेशनको दिन बस्ने निर्णय गरेको संस्थाका आई सि. सि. उपाध्यक्ष प्रेम रसाइलीले इ- रुप्सेलाई बताउनु भयो ।