३ नम्बर प्रदेश सरकारका मुख्यमन्त्री डोरमणी पौडेलले भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापितलाई बर्खास्त गरेका छन् ।
मन्त्रीपरिषद्मा पौडेलसँग विवाद भएपछि स्थापितलाई बर्खास्त गरिएको हो । मुख्यमन्त्री पौडेलले संविधानको धारा १६९ को उपाधार २ को खण्ड ख अनुसार स्थापितलाई बर्खास्त गरेका हुन् । स्थापितलाई दिएको मन्त्रालय मुख्यमन्त्री आफैंले राखेका छन् ।
स्थापित केही दिनदेखि विवादमा तानिएका थिए । काठमाडौं महानगरपालिकाको प्रमुख हुँदा यौन दुव्र्यवहार गरेलगायतका आरोपमा पनि फँसेका थिए ।