नेपाल र थाइल्यान्डबीचको द्विपक्षीय हवाई सम्झौता पुनरावलोकन भएको छ । सन् १९७१ मा पहिलोपटक भएको हवाई सम्झौता बिहीबार पुनरावलोकन भएको हो ।
थाइ नागरिक उड्डयनका महानिर्देशक चुला सुकमानेप र नेपालको तर्फबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव शुरेश आचार्यले उक्त सम्झैतामा हस्ताक्षर गरेका हुन् ।
नयाँ परिवेशमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्थाले निर्धारण गरेको मापदण्डअनुसार पुनरावलोकन भएको नेपाली टोलीको नेतृत्व गरेर गएका सहसचिव शुरेश आचार्यले जानकारी दिए ।
सम्झौताका बारेमा वार्ता गर्न नेपालबाट मन्त्रालयका सहसचिव शुरेस आचार्य उपसचिव प्रमोद नेपालको टोली गएको थियो ।
सम्झौताअनुसार अबदेखि दुवै देशका एयरलाइन्सले हप्तामा २८ उडान गर्न पाउने छन् । कुनै पनि प्रकारको जहाजबाट दुवै देशका एयरलाइन्सले हप्तामा २८ उडान गर्ने छन् । यसमा नेपालमा थाइ एयरलाइन्सहरुलाई काठमाण्डु बाहिरका विमानस्थलमा उडान गर्न उत्प्रेरित गर्ने सम्झौता भएको आचार्यले बताएका छन् ।
यसअघि दुई देशका एयरलाइन्सले हप्तामा १० वटासम्म उडान गर्न मिल्ने व्यवस्था गरेको थियो । त्यस्तै नयाँ सम्झौताअनुसार दुईदेशबीच हुने कार्गो उडानको सीमा तोकिने छैन् ।
अहिले थाइल्यान्डका थाइ एयरवेज र थाइलायन एयरलाइन्सले नेपालमा उडान गरिरहेका छन भने नेपालबाट नेपाल एयरलाइन्सले उडान गरिरहेको छ ।