
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।
आजको अन्नपूर्ण पोस्ट दैनिकमा याे खबर छ – मौसमी रुघाखोकी र हल्का ज्वरोले अस्वस्थ भएपछि उनले नियमित भेटघाट रोकेका थिए ।
शुक्रबारदेखि प्रधानमन्त्री ओली निवासमै आराम गरिरहेका थिए ।
प्रधानमन्त्री अस्वस्थ भएपछि शुक्रबारको मन्त्रिपरिषद बैठक समेत स्थगित गरिएको थियो ।
शनिबार नेकपाले आयोजना गरेको चियापानमा पनि प्रधानमन्त्री ओली अनुपस्थित थिए ।