काठमाडौं, २ कात्तिक – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्तर्राष्ट्रिय मञ्चमा आफूले नेपाल र नेपाली जनताको शिर ठाडो पार्ने काम गरेको दाबी गरेका छन् ।
तीनदिने भारत भ्रमणबाट स्वदेश फर्कने क्रममा अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्रीले चीन र भारतका सरकार प्रमसुखहरूसँग त्रिदेशीय साझेदारी, शान्ति प्रक्रिया, संविधान कार्यान्वयन र नेपालको विकासका विषयमा केन्द्रित रहेर त्रिपक्षीय कुराकानी गरेर नेपाल र नेपाली जनताको शिर ठाडो पारेको दाबी गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले गोवामा रहँदा भारतका समकक्षी, चीनका राष्ट्रपति, श्रीलंकाका राष्ट्रपति एवं भुटानका समकक्षीसँग द्विपक्षीय भेटघाट तथा कुराकानी गरेका थिए ।
विमानस्थलमा प्रधानमन्त्रीले भने–
–अचानक म बसेको कोठामा चिनियाँ राष्ट्रपति आउनुभयो
– जिन पिङसँग ‘हट टु हट’ कुरा भयो
–चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीसँग मैले नै कुरा सुरु गरेँ
–मोदी र सी दुवैले नेपाल सानो छैन भन्नुभयो
–त्रिदेशीय समझदारी भएको छैन
–राजनीतिक प्रक्रियामा दुवै देशको पूर्ण समर्थन
–यहाँ चिनियाँ राष्ट्रपतिसँगको भेटलाई गलत अर्थ लगाइयो
–संविधान कार्यान्वयमा दुवै देशको पूर्ण सहयोग
–सार्क सम्मेलन छिट्टै
–विमस्टेक शिखर सम्मेलन नेपालमा गर्न प्रस्ताव
नयाँ पत्रिका दैनिक