स्पेनिस ला लिगा फुटबल अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिड लेभान्टेसँग पराजित भएको छ ।
रियलको घरेलु मैदान सान्टियागो बर्नाबाउमा भएको उक्त खेलमा रियल मड्रिड २–१ ले पराजित भएको हो ।
लेभान्टेको जितमा छैटौं मिनेटमा लुइस मोरालेसले सुरुवाती गोल गरे ।
यस्तै १३औं मिनेटमा लेभान्टेका रोजर मार्टीले पेनाल्टीबाट गोल गरे ।
पहिलो हाफमा २–० ले पछि परेको रियलले दोस्रो हाफमा एक गोल गरेपनि त्यो पर्याप्त हुन सकेन ।
खेलको ७२ औं मिनेटमा मार्सेलोले गोल गर्दै टीमलाई २–१ को अवस्थामा पुर्याएपनि हार टार्न सकेनन् ।
रियलले पछिल्ला ५ खेलमा एक खेल पनि जित्न सकेको छैन ।