गोविन्द पौडेल
नेपालमा विशेषतः हिन्दुहरुले दसैं र भारतका हिन्दुहरुले दशहराका नाममा भव्यताका साथ मनाउने धार्मिक पर्व दसैंका बारेमा धेरै प्रकारका विचार र धारणाहरु रहँदै आएका छन् । समाजलाई अग्रगामी दिशामा अगाडि बढाउन धार्मिक एवम् सामाजिक सांस्कृतिक पर्वहरुलाई वैज्ञानिकीकरण गर्दै लैजानु पर्ने आवश्यकता देखा परेको छ । त्यसैले यस बारेमा लगातार छलफल चलाउँदै लैजानु सही नै हुनेछ किनकि हिजो नेपालमा नेपाली जनताले भन्दा पनि स्वयम् राज्यले देशलाई प्रमुख चाडका रुपमा व्यवहार गर्दै आएको कारणले र आज नेपालको पुनर्संरचनाद्वारा संघीय देशमा रुपान्तरण भइसकेकोले पनि दसैं बारेमा हुने छलफलको सान्दर्भिकता अझै बढ्न पुगेको छ ।
दसैंलाई धार्मिक तथा पौराणिक धारणा अनुसार देवी दुर्गाले महिषासुर राक्षस बध गरी लोक कल्याण गरेको कथासँग दशैंलाई जोडेर अर्थात् यस पर्वलाई दुर्गापूजाकाृ रुपमा अपनाएको देखिन्छ । त्यस्तै कतिपयले त भगवान रामद्वारा रावणमाथि विजय प्राप्त गरेको कथासँग जोडे पनि हिन्दु धार्मिक मान्यताले दसैंलाई देवीदेवताको राक्षस वा असुरमाथिको विजय उत्सवसँग जाँगेको छ । अब प्रश्न उठ्छ, देवीदेवता को हुन् ? राक्षस वा असुर को हुन् ? यस प्रश्नको उत्तर त्यति सरल छैन । कोरा धार्मिक मान्यतामा बगेर प्राप्त हुन सक्दैन बरु हामीले ऐतिहासिक भौतिकवादी दृष्टिकोणबाट हे¥यौं भने मात्र सही उत्तरको नजिक पुग्न सकिन्छ ।
विश्वको इतिहास युद्ध नै युद्धले भरिएको इतिहास हो । मूलतः दक्षिण एसियाको दस हजार वर्षको इतिहासलाई केलाएर अध्ययन गर्ने हो भने यहाँ ४ प्रकारका युद्ध तथा सङ्घर्षहरु हुँदै आएको देखिन्छ । एक फरक फरक जातीय राज्यहरुबीचको युद्ध, दुई एउटै राज्यमा एउटै जातिमा फरक फरक राज्य बीचको युद्ध, तीन फरक फरक धार्मिक सम्प्रदायबीचको युद्ध र चार शोषक र शोषित बीचको युद्ध । यी चारै प्रकृतिका संघर्षहरु कहिले सामान्य संघर्षका रुपमा त कहिले भिषण संघर्षका सरुपमा प्रकट भए । दसैंसँग सम्बन्धित देवीदेवता र राक्षसबीचको युद्ध यी ४ प्रकारका युद्धहरु मध्ये कुन वर्गमा पर्छ त ? यस कोणबाट हेर्दा के देखिन्छ भने त्यो युद्ध फरक फरक जातीय वा जातिबीचको युद्ध थियो । फरक फरक जातिबीचको युद्ध भएकोले धार्मिक समुदायका रुपमा समेत ती फरक नै थिए भन्ने अनुमान लगाउन कुनै फरक पर्दैन । त्यस अर्थमा त्यो फरक धार्मिक समुदायबीच बीचको समेत युद्ध चलेको थियो । त्यो युद्ध वर्गीय पनि थिएन किनभने राजा महाराजाका रुपमा हेर्दा देवीदेवता राजा महाराजाका रुपमा रहेका दानव तथा अशुरहरुबीच नै युद्ध भएको थियो । त्यसैगरी महाभारतको युद्ध जस्तो एउटै जातिभित्रको युद्ध पनि त्यो थिएन किनभने शास्त्रीय रचनामा देवता र असुरलाई विपरित जातिका रुपमा चित्रण गरिएको छ ।
त्यसो भए दस हजार वर्षको इतिहासमा दक्षिण एसिया विशेषतः सिन्धु नदीको किनारको सभ्यतामा उपस्थित जातिहरु कुन कुन हुन् त ? खोज अनुसन्धानले प्रष्ट बोलेका छन् । दक्षिण एसियाको समथर मैदानमा पश्चिमको सित प्रदेशबाट आएका आर्य गोराहरु ई.पू. ५०००–३००० बीचमा प्रवेश गर्नुभन्दा पहिले त्यहाँ आस्ट्रो द्रविड मूलका जातिको सभ्यता थियो । सिन्धु घाँटीमा हडप्पा र महिजोंदारीको भव्य सभ्यता तिनै आस्टो–द्रबिड मूलका समुदायले खडा गरेको मानिन्छ । जसको वर्ण रातो, कद होचो, नाक बुच्चो र आँखा कालो रङको थियो । सित प्रदेश अर्थात् युरोपबाट आर्यहरु सिन्धु घाँटीमा प्रवेश गर्नुभन्दा पहिलेको लिखित पुस्तक प्राप्त छैन या त आस्टो–द्रबिड सभ्यतामा शास्त्रीय लेख्य परम्परा नै सुरु भएको थिएन या त तिनलाई आर्यहरुले नष्ट गरिदिए । त्यसबारे केही प्रष्ट छैन । हामीकहाँ अहिले जति पनि शास्त्रीय दस्तावेजहरु छन्, ती सबै आर्यहरु सिन्धु घाँटीमा प्रवेश गरी सत्तासिन भइसकेपछिका दस्तावेजहरु हुन् । ऋग्वेददेखि उपनिषद् पुराणहरु, स्मृतिहरु र चरित्र कथाहरु सबै नै सिन्धु घाँटीमा प्रवेश गरी आस्ट्रो–द्रबिड मूलका सभ्यता र राज्यलाई जितेर शासन गर्ने आर्यहरुद्वारा लेखिएको हो । सोझो कुरा छ, जो जित्यो, उसले आफूलाई देवता गणमा दर्ज गरी शास्त्र लेख्यो, हारेकोलाई उसले दानव, राक्षस, असुर आदि नामले होच्याउने काम ग¥यो । हिन्दु धर्म ग्रन्थको अध्ययन गर्नुभयो भने वा गर्ने हो भने दानवहरुले गर्ने गरेको गल्ती भनी ग्रन्थहरुमा चित्रण गरिएका अपराध भन्दा कम अपराध गर्ने देवता कम भेटिन्छन् । तर दानवले गरेकोलाई अपराधलाई भन्ने र देवताले गरेको अपराधलाई “लीला” भनी ढाकछोप गरिएको छ । धेरै ग्रन्थहरुमा दानवको अपराधको रुपमा वस्तीहरुलाई दुःख दिइएको बताएको छ । तर के देवताहरु राजा थिए भने उनीहरु वस्तीलाई दुःख नदिई धनधान्य हुन सम्भव हुन्थ्यो त ? इन्द्र देवताले आफ्नो इशारामा नचल्दा कृष्णको वस्तीमाथि भिषण प्रहार गर्दा गोबर्धन पहाडमुनि लुक्नु परेको एउटा कथाले मात्रै पनि प्रष्ट पार्छ कि देवताहरु कति आततायी थिए । तर देवताका सबै अपराध छोप्ने काम गरिएको छ।
यसरी हेर्दा के निष्कर्ष निकाल्न सकिन्५ भने दानव राज्यमा शोषक पनि थिए, शोषित पनि थिए, दानव सबै अपराधी हुन सक्दैनथे, यसैगरी देव राज्यमा पनि शोषक थिए, शोषित पनि थिए, सबै पवित्र हुन सक्दैनथे । अझ महत्वपूर्ण के छ भने दानवहरु अर्थात् सिन्धु घाँटीका आदिबासीहरु आस्ट्रो–द्रबिड मूलका जातिहरु देवताहरुभन्दा कयौं गुणा कम अपराधी थिए । किनभने दानव भनिएका आस्ट्रो–द्रबिड मूलका जातिहरु आर्यहरुको पितृभूमिमा आक्रमण गर्न गएका थिइनन्, बरु आर्यहरु नै अरुको भूमि कब्जा गर्न आएका थिए । यदि देवताहरुलाई दानवले जित्न सकेको भए आज हामी बेग्लै शास्त्र पढिरहेका हुने थियौं । जसमा लेखिएको हुने थियो कि हाम्रो भूमिमाथि कब्जा गर्न खोज्ने आर्यहरुलाई हामीले वीरताका साथ खेद्यौं । यसप्रकार के कुरा प्रष्ट हुन्छ भने देवी देवता र दानवहरुको युद्ध सिन्धु घाँटीमा कसको जातीय राज्य कब्जा गर्ने भन्ने युद्ध थियो । आर्यहरुले लामो समय लगाएर आस्ट्रो–द्रबिड मूलका जातिको राज्यहरुमाथि कब्जा गर्न सफल भएका थिए । तिनै युद्धका कथाहरुलाई आर्यहरुले देवता र राक्षस बीचको युद्धका रुपमा धर्मशास्त्रमा चित्रण गरे र त्यही अनुसारका धार्मिक अनुष्ठान र पर्वहरु प्रचलनमा आए । यसरी धार्मिक ग्रन्थहरुलाई विश्लेषण गर्ने हो भने गलत उत्सव दसैंका रुपमा मनाइरहेका हुन्छौं । राक्षस जो वास्तवमा भूमिपुत्र थिए, आस्ट्रो–द्रबिड मूलका आदिबासी थिए । उनीहरुलाई मारेको उत्सव मनाउनु कसरी सही हुन्छ ? उनीहरुको आफ्नो शासन हारेकोमा खुसियाली मनाउनु कसरी सही हुन्छ ? ऐतिहासिक भौतिकवादी वैज्ञानिक कोणबाट इतिहास र अर्थशासत्रको विश्लेषण गर्दा दसैंको उत्सव वास्तवमा शोषक वर्गको पक्षमा, शोषित वर्गको विपक्षमा, हस्तक्षेपको पक्षमा र आदिबासी जनताको विपक्षमा रहेको प्रष्ट देखिन्छ ।
एकातिर धार्मिक ग्रन्थहरुको भौतिकवादी विश्लेषण गर्दा यस प्रकारको निष्कर्ष निस्कन्छ भने अर्कोतिर दसैं बारेका थुप्रै समाजशास्त्रीहरुले अलग मत व्यक्त गर्ने गरेका छन् । आधुनिक समाजशास्त्रीहरुको धारणा अनुसार दसैं सुरुमा धार्मिक पर्व थिएन, बरु यो बाली उठाउने उत्सव थियो । बाली भिœयाउने उत्सवमा सुरु भएको दसैं पर्वलाई कालान्तरमा हिन्दु शासकहरुले धार्मिक रुप दिएका हुन सक्दछन् भन्ने उनीहरुको मत रहेको छ । यो तर्क निकै बलियो छ । संसारमा सबैतिर बाली भिœयाउँदा वा बाली भिœयाएपछि कुनै न कुनै प्रकारको उत्सव मनाउने प्रचलन थियो । धान दक्षिण एसियाको विशेषतः सिन्धु घाँटी क्षेत्रको एउटा मुख्य बाली हो । त्यसैले धान भिœयाउने उत्सवका रुपमा सिन्धु घाँटीमा विकसित भएर पछि हिन्दु शासकहरुले दसैंलाई धार्मिक रुप दिएको हुन सक्ने प्रवल सम्भावनालाई नकार्न सकिँदैन । धान उत्सव भएकोले नै नेपालमा दसैंमा चामलको टीका लगाउने दुर्लभ परम्परा बसेको हुन सक्ने गतिलो सम्भावना छ । धान र दसैंको सम्बन्ध पुष्टी गर्न सकिएन भने पनि नेपाली र धानको सम्बन्ध विशेष रहेको पुष्टि गर्न सकिन्छ । संसारमा नेपाल मात्रै यस्तो देश हो, जहाँ चामलको टीका लगाइन्छ । अर्थात् दसैंमा नेपाली जातिले मात्रै निधारभरि चामलको टीका लगाउँछन् । यो परम्परा सामान्य नभएर विशिष्ट देखिन्छ । यस कोणबाट सोच्दै जाँदा चामलको आविष्कार नै नेपाली जातिहरुले गरेको हो कि भन्ने दिशातिर सोच्न पुगिन्छ । वास्तवमा यस बारेमा गतिलो अनुसन्धान आवश्यक छ ।
आधुनिक नेपालमा असली हिन्दुस्तान निर्माण गर्ने योजनालाई पृथ्वीनारायण शाहले गोरखा राज्यको विस्तार गरी सिङ्गो नेपालमा हिन्दू जातिका अहंकारवादमा आधारित सत्ता सञ्चालन गर्न थालेपछि दसैंलाई राष्ट्रिय पर्वको रुप दिइयो र नेपालका गैर हिन्दु आदिबासी जनजातिले पनि यस पर्वलाई मनाउनै पर्ने बाध्यता सिर्जना गर्न सुरु गरियो । जतिजति हिन्दु उच्च जातीय अहंकारवादमा आधारित सत्ताको आयु लम्बिँदै गयो, त्यति त्यति दसैं पर्वलाई गैर हिन्दुलाई हिन्दूकरण गर्ने र गैरहिन्दुका चाडपर्वलाई महत्वहीन बनाउने एउटा साधनको रुपमा प्रयोग ल्याइयो । लामो सरकारी बिदा, कर्मचारीलाई आर्थिक थप सुविधा र चर्को प्रचारवाजी मार्फत् दसैंको हतियार चलाइयो । यसरी के देखिन्छ भने दसैंमार्फत् हिन्दु उच्च जातीय शासकले नेपालमा गैर हिन्दुलाई हिन्दुकरण गर्ने र गैर हिन्दु चाडपर्वलाई निस्तेज पार्ने काममा सफलता प्राप्त गर्दै आए ।
दसैंमा ठूलाको हातबाट आशीर्वाद लिनुपर्ने भन्ने परम्परा एउटा घर भित्र त सामान्य लाग्छ तर सिंगो समाजको परिप्रेक्ष्यमा हेर्दा त्यो अत्यन्तै घातक छ । ठूलाको हातबाट आशीर्वाद लिने परम्परा नेपालमा पहिलो घरका ठूला, त्यसपछि जातका ठूला र अन्त्यमा राज्यका ठूलाको हातबाट आशीर्वाद लिने स्तरमा विकसित गरियो । सारा गाउँले सामन्तको घरमा आशीर्वाद थाप्न हातमा माछाको पेरुङ्गो र खसीका साँप्रा बोकेर जानुपर्ने अनि रैतीहरु दरबारमा जानुपर्ने परम्परालाई विकसित गरियो । यसरी दसैंमार्फत् हिन्दु सामन्तवादी समाजमा रहेको उचनीचमा तहगत संरचनालाई संस्थागत गर्न प्रयत्न गरियो । दसैंको व्यापक प्रचारप्रसारमार्फत् धार्मिक अन्धविश्वास र रुढीवादको व्यवस्थित रुपमा प्रचारप्रसार गरियो । नेपाली समाजमा धार्मिक अन्धता र रुढीवादलाई मलजल गर्ने काममा दसैंको प्रयोग भएको राम्रैसँग देखिन्छ । दसैंमा दिइने बली दुर्गापूजा, टीका जमरा आदिको प्रचलन धार्मिक अन्धता र रुढीवाद वाहेक अरु केही होइन । यस्ता प्रचारले समाजलाई विज्ञानतिरभन्दा अध्यात्मतिर लैजान बल पु¥याउँदै आयो र हाम्रो जस्तो प्राकृतिक खनिज, विविध वातावरण, जल सम्पदा, जडिबुटीले सम्पन्न देश विश्वको दरिद्र देशको रुपमा रुपान्तरण हुन पुग्यो । र यस्तै अन्धतामा रमाउने हो भने अझ कहाँ पुग्ने हो, थाहा छैन । त्यति मात्र कहाँ हो र ? ऋण गरेरै भए पनि दसैंमा मिठो खानै पर्ने, राम्रो लगाउनै पर्ने, पाहुना पोस्नै पर्ने चलन विकसित भएर दसैं आफ्नो हैसियत देखाउने पर्वको रुपमा विकसित भयो । यसरी दसैंमार्फत् समाजमा उपभोक्तावादको प्रचार हुन पुग्यो । दसैं धनीका लागि आफ्नो धनको प्रदर्शन गर्ने चाड बनेको छ भने गरिबका लागि थप ऋणमा डुबाउने पर्व बन्न पुगेको छ । जति जति वर्षहरु बित्छन्, उति उति दसैं धनीका निम्ति उत्सव र गरिबका लागि पीडाको विषय बन्दै गइरहेको छ । समयमै दसैंका बारेमा सामाजिक बहस नचलाउने हो भने यो चाड एउटा उपभोक्तावादी चाडमा परिणत हुनेछ र व्यापक विकृति सिर्जना गर्ने निश्चित छ ।
त्यसैले राज्य वा सरकारले दसैंलाई दिँदै आएको प्राथमिकताको अन्त्य गरिनु पहिलो प्राथमिकता हो । लामो बिदा जागिरेलाई पेश्की र व्यापक प्रचारप्रसारको अन्त्य गरिनुपर्छ । लामो बिदा र पेश्की जस्ता विषयले गैर हिन्दु पनि दसैंमा सामेल हुनै पर्ने स्थिति जसरी सिर्जना गरिएको छ, त्यो कटौती नगरुञ्जेलसम्म गैरहिन्दुमाथि अत्याचारको अन्त्य हुन सक्दैन । अरु चाड पर्व जस्तै दसैंमा पनि १÷२ दिनको बिदामा झार्ने बित्तिकै दसैं एउटा हिन्दुहरुको सामान्य पर्व बन्नेछ ।
धर्मलाई संस्कृतिबाट अलग नगर्दासम्म सांस्कृतिक पर्वहरु लोककल्याणकारी बन्न सक्दैनन् । यदि दसैंलाई सांस्कृतिक पर्वका रुपमा मनाउने हो भने दसैंसँग गाँसिएको धार्मिक अनुष्ठानलाई अलग गरिनु पर्दछ । दसैंमा गरिने जति पनि धार्मिक अनुष्ठानहरु छन्, ती अनुष्ठान नगरी दसैं मनाउने हो भने एउटा आफन्तजनसँग मेलमिलापको पर्वमा रुपान्तरण हुनेछ । त्यसो हुन सक्यो भने त्यो लोककल्याणकारी पर्व हुनेछ । विशुद्ध सांस्कृतिक पर्वका रुपमा नै पनि दसैं पर्वलाई मनाउने हो भने यसलाई कम खर्चिलो बनाउन लाग्नै पर्छ । अहिले त वर्षभरि कमाउने नै दसैंमा खर्च गर्न हो जस्तो हुन थालेको छ । यदि दसैंलाई कम खर्चिलो बनाउनेतिर नलाग्ने हो भने यसैसँग विकसित उपभोक्तावादले समाजमा विकृति बाहेक केही ल्याउँदैन भन्ने कुरा प्रष्ट छ । अब हामी लोकतान्त्रिक एवम् वैज्ञानिक पर्वहरुमा जोड दिनुपर्दछ । दसैं जस्ता धार्मिक एवम् रुढीवादी चाडपर्वका सट्टा लोकतान्त्रिक एवम् वैज्ञानिक पर्वहरुलाई चाडका रुपमा मनाउने परम्परा सुरुवात गर्नु आवश्यक छ । जस्तो संविधान दिवस, गणतन्त्र दिवस, शहीद दिवस, जनआन्दोलन दिवस जस्ता महत्वपूर्ण स्मृति पर्वहरुलाई हामीले सांस्कृतिक पर्वको रुप दिन सक्यौं भने एकातिर जनताको गौरवगाथा चीरस्थायी हुने, अर्कातिर वैज्ञानिक पनि हुने । वास्तवमा त्यस दिशातिर सोच्न धेरै ढिला भइरहेको छ ।
लेखक पूर्व सभासद हुन बेनीबजार, म्याग्दी