७औं म्युजिक खबर म्युजिक अवार्डको सातौं संस्करण विराटनगरमा सम्पन्न भएको छ । राजधानीमा केन्द्रीत रहेर अवार्ड गर्दै आएको म्युजिक खबर म्युजिक अवार्ड शुक्रबार प्रदेश नम्बर १ को अस्थाई राजधानी विराटनगरस्थित विरेन्द्र सभागृहमा सम्पन्न भएको हो ।
म्याग्दी बेनीका कलाकार ध्रुव जिसीले सर्वोत्कृष्ट लोकदोहोरी नवप्रतिभा पुरुष तर्फको अवार्ड जितेका छन् । उनको भेट हुँदा जहिले नि ठिक्क बोलको गितका लागि उक्त अवार्ट प्राप्त गरेका हुन् । २ दर्जन भन्दा बढी गितमाा स्वर दिएका जिसी अभिनयमा पनि पाइला हालेका छन् । बिराटनगरमा भएको उक्त अवार्ड वितरण कार्यक्रममा निम्न कलाकार तथा श्रष्टाले अवार्ड हात पारेका थिए ।
त्यस्तै म्याग्दीकी अर्की कलाकार अमृता श्रीपालले गैरीगाउँको मेला बोलको गित मार्फत इन्करेजमेन्ट अवार्ड हात पारेकी छिन । अहिले पछिल्लो समय दमदार गित बजारमा ल्याइ रहेकी अमृता म्याग्दीको बेनी नगरपालिका ४ कि स्थानीय वासिन्दा हुन् ।
त्यस्तै कस्तुप पन्तको लय तथा शब्द रहेको लोक भाका पिरती मिसाउने सर्वोत्कृष्ट लोकदोहोरी भाकाको अवार्ड पाएको छ । म्याग्दी बरंजाका राजेन्द्र सापकोटाको स्वर रहेको उक्त गितले पनि स्टेज कार्यक्रममा निकै प्रभाव पारेको थियो ।
अवार्ड विजेताको विवरणहरुः
सर्वोत्कृष्ट राष्ट्रियभावको गीत
चुडामणि देवकोटा– मेरो देश सुन्दर छ
सर्वोत्कृष्ट पप गायिका
मन्जु पौडेल– दामी छेन्त
सर्वोत्कृष्ट पप गायक
शंकर थापा स्माइल – माया लगाई
सर्वोत्कृष्ट पप संगीतकार
रमेशराज भट्टराई – बेहुला
सर्वोत्कृष्ट लोकदोहोरी नवप्रतिभा महिला
चन्दा खड्का – मायाकै पिरले
सर्वोत्कृष्ट लोकदोहोरी नवप्रतिभा पुरुष
ध्रुव जिसी – भेट हुँदा
सर्वोत्कृष्ट भिडियो मोडल महिला लोकदोहोरी
रिना थापा मगर – गाउँमा हल्ला चल्यो
सर्वोत्कृष्ट भिडियो मोडल लोकदोहोरी पुरुष
सुमन खतिवडा – खरानी
सर्वोत्कृष्ट भिडियो निर्देशक लोकदोहोरी
प्रकाश भट्ट – तामे करुवा
सर्वोत्कृष्ट लोकगीत पुरुष
दुर्गा गुरुङ – झिल्के भेना
सर्वोत्कृष्ट लोकगीत महिला
शर्मिला गुरुङ – मेरो माया छ भने राधा
सर्वोत्कृष्ट लोकदोहोरी शब्द
शिव हमाल – लठ्ठै पा¥यो मायाले
सर्वोत्कृष्ट लोकदोहोरी भाका
कस्तुप पन्त – पिरती मिसाउनी
सर्वोत्कृष्ट गायक लोकदोहोरी
दिपसागर थापा – धादिङ नौबिसे
सर्वोत्कृष्ट गायिका लोकदोहोरी
सुनिता दुलाल – मायालुको साथै रमाइलो
सर्वोत्कृष्ट लोकदोहोरी कल्चरल गीत
गणेश गुरुङ – सुनको औँठी
सर्वोत्कृष्ट चलचित्र गीतकार
हरि उप्रेती – दुई चुल्ठी, मुर्चङ्गा
सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायिका
अन्जु पन्त – घिनघिन मादल, पन्चेबाजा
सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायक
राजेशपायल राई – दुई चुल्ठी, मुर्चङ्गा
सर्वोत्कृष्ट चलचित्र संगीतकार
विकास चौधरी – घिनघिन मादल, पन्चेबाजा
सर्वोत्कृष्ट गजल
विपिन मर्म – मायाले रेटिएँ
सर्वोत्कृष्ट नवप्रतिभा पुरुष सुगम संगीत
कृष्ण भट्टराई – तिमीलाई नदेख्दा
सर्वोत्कृष्ट नवप्रतिभा महिला सुगम संगीत
मेनुका पौडेल – कुर्दा कुर्दै
सर्वोत्कृष्ट म्यूजिक भिडियो सम्पादक सुगम संगीत
वीरेन्द्र भाट ‘विपिन’ – माया लाउने
सर्वोत्कृष्ट म्यूजिक भिडियो छायाँकार सुगम संगीत
नवराज उप्रेती – तिमी खुशी
सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल महिला सुगम संगीत
अनामिका चौलागाईं – उनको मेरो
सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुष सुगम संगीत
श्रीदेव भट्टराई – कोइलीको जस्तो
सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक सुगम संगीत
सञ्जय बराल – बर्सिनु बस्र्यो
सर्वोत्कृष्ट ध्वनि सम्पादक सुगम संगीत
कुमार राना – तिमीदेखि
सर्वोत्कृष्ट संगीत संयोजक सुगम संगीत
निरज श्रेष्ठ – निष्ठुरीले खुशी
युगल गायन सुगम संगीत
राज सागर र अन्जु श्रेष्ठ – ढाका टोपी
सर्वोत्कृष्ट गीतकार सुगम संगीत
अमर वान्तु राई – फूलजस्तै
सर्वोत्कृष्ट गायिका सुगम संगीत
प्राश्ना शाक्य – कैदी बनाउ
सर्वोत्कृष्ट गायक सुगम संगीत
शिव परियार – बर्षाैं भो छोडेको
सर्वोत्कृष्ट संगीतकार आधुनिक
पोषण श्रेष्ठ – पूर्णिमाको जून
सर्वोत्कृष्ट एल्बम
कर्म – एसपी सापकोटा
पब्लिक च्वाइस अवार्ड
अर्जुन सुनाम – ठूलो सानो
जुरी अवार्ड संगीतकार
सुनिल मास्के – कैदी बनाउ
जुरी अवार्ड गीतकार
मणिराज शर्मा – बर्सिनु बस्र्यो
इन्करेजमेन्ट अवार्ड
अमृता श्रीपाल – गैरी गाउँको मेला
इन्करेजमेन्ट अवार्ड
डेबिट शंकर – घिनघिन मादल, पन्चेबाजा
पपुलर मोडल अफ दि इयर
दिपाशा बिसी – चर्चित
क्रिटिक्स अवार्ड गीतकार
किरण केसी क्रोधी – कुनै दिन
बेस्ट सिङ्गर अफ दि इयर
सुमित खड्का – तिम्रो प्रेमको माला