वर्तमान समयका दुई सुपरस्टार लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोले एकपछि अर्को किर्तिमानहरु भंग गर्दै आइरहेका छन् ।
चाहे त्यो राष्ट्रिय स्तरमा होस्, क्लबबाट लिग र युरोपियन प्रतियोगितामा होस्, उनीहरुको नाममा कयौँ किर्तिमानहरु रहेका छन् । दुई खेलाडी सधैँ एक अर्कालाई उछिन्ने ध्याउन्नमा रहन्छन् ।
हालै मात्र मेस्सीले च्याम्पियन्स लिगमा सर्वाधिक ह्याट्रिकको मामिलामा रोनाल्डोलाई उछिनेका छन् ।
प्रतिबन्धबाट फर्कन लागेका रोनाल्डोको ध्यान पुनः मेस्सीसँग बराबरी गर्ने हुनेछ ।
यसका बावजुद युरोपियन प्रतियोगितामा यस्ता धेरै किर्तिमानहरु रहेका छन् जुन दुई खेलाडीको पहुँचबाट अझै टाढा रहेको छ ।
हेरौ त्यस्ता केही किर्तिमानहरुः
फाइनलमा सबैभन्दा बढी गोल
रेकर्डः ७ – अल्फ्रेडो डिस्टेफानो र फ्रेरेङ्क पुस्कार (दुवै रियल म्याड्रिड)
यसमा रोनाल्डोले मेस्सीलाई उछिनेका छन् । ६ फाइनलमा खेल्ने अवसर पाएका रोनाल्डोले फाइनलमा चार गोल गरेका छन् ।
सन् २००८ र २०१४ मा एक गोल गरेका उनले सन् २०१७ मा दुई गोल गरे । तर, अझै पनि उनी स्टेफानो र पुस्कासको किर्तिमानबाट टाढा छन् । ३३ वर्षीय खेलाडीसँग अब धेरै समय पनि छै ।
यता, मेस्सीको सन् २००९ र २०११ को फाइनल गरेर दुई गोलमात्र रहेको छ ।
युइएफए च्याम्पियन्स लिग/युरोपियन कपमा सबैभन्दा धेरै उपस्थिति
रेकर्डः १७२ – इकर कासियास (रियल म्याड्रिड, पोर्टो)
सन् १९९९ मा डेब्यु गरेका स्पेनिस गोलकिपर इकर कासियासले अहिलेसम्म १७२ खेल खेलेका छन् ।
रोनाल्डो १५८ खेलसहित दोस्रो स्थानमा रहेका छन् । मेस्सी भने १२६ खेल सहित १२ औँ स्थानमा छन् ।
तर, मेस्सी रोनाल्डोभन्दा अझै दुई वर्ष कान्छा छन् ।
धेरै टिमसँग फाइनलमा जीत
रेकर्डः ३ – क्लेरेन्स सिडोर्फ (आयाक्स १९९५, रियल म्याड्रिड १९९८, मिलान २००३, २००७)
डच मिडफिल्डर क्लेरेन्स सिडोर्फले आफ्नो १२ वर्षे करियरमा चार वटा फाइनल खेले ।
यता, म्यान्चेस्टर युनाइटेडबाट एक र रियल म्याड्रिडबाट ४ ट्रफी उचालिसकेका रोनाल्डोले अब युभेन्टसबाट यो रेकर्ड उछिन्ने गर्ने अवसर हुनेछ ।
यता, ‘वान क्लब म्यान’ मेस्सीका लागि यो किर्तिमान तोड्न असम्भव छ ।
धेरै टोलीका लागि च्याम्पियन्स लिगमा गोल
रेकर्डः ६ – ज्लाटान इब्राहिमोविच (आयाक्स, युभेन्टस, इन्टर मिलान, बार्सिलोना, एसी मिलान, पेरिस सेन्ट जर्मेन)
आयाक्सका लागि २१ वर्षको उमेरमा च्याम्पियस लिगमा डेब्यु गरेका इब्राहिमोविचले उक्त खेलमा लियोनबिरुद्ध दुई गोल गरेका थिए ।
त्यसयता उनले आफ्नो करियरमा युभेन्टस, इन्टर मिलान, बार्सिलोना, एसी मिलान र पेरिस सेन्ट जर्मेनका लागि गोल गरेका छन् ।
यो किर्तिमान दुवै रोनाल्डो र मेस्सीका लागि टाढा छ ।
फाइनलमा गोल गर्ने सबैभन्दा बढी उमेरको खेलाडी
रेकर्डः पाओलो माल्दिनी (३६ वर्ष ३३३ दिन) – मिलानबिरुद्ध लिभरपुल २००५
पाउलो माल्दिनीले सन् २००५ मा लिभरपुलबिरुद्ध गोल गर्दै यो किर्तिमान बनएका थिए ।
रोनाल्डो र मेस्सी दुवैले यो किर्तिमान तोड्ने सम्भावना रहेको छ ।
रोनाल्डोका लागि सन् २०२१/२२ को फाइनलमा पहिलो अवसर हुनेछ ।
यता, मेस्सीले भने २०२३/२४ सिजनसम्म पर्खनुपर्नेछ । यदी फाइनल २३ मे अघि आयोजना भयो भने उनले अझै एक वर्ष पर्खनुपर्नेछ ।
सबैभन्दा चाँडो च्याम्पियन्स लिग गोल
रेकर्डः रोय मकाय (१०.१२ सेकेण्ड) – बायर्न म्युनिखबिरुद्ध रियल म्याड्रिड (०७–०३–२००७)
खेल शुरु हुने बित्तिकै रोय मकायले रियललाई सन् २००७ मा स्तब्ध बनाएका थिए ।
यता, रोनाल्डोले सबैभन्दा चाँडो गोल खेलको चौँथो मिनेटमा युभेन्टसबिरुद्ध सन् २०१३ को अक्टोबारमा गरेका थिए ।
मेस्सीले सेल्टिकबिरुद्ध सन् २०१६ को सेप्टेम्बरमा ७–० को जीत निकाल्ने क्रममा तेस्रो मिनेटमा गोल गरेका थिए ।
सबैभन्दा चाँडो ह्याट्रिक
रेकर्डः बाफेटिम्बी गोमिस (८ मिनेट) – डिमानो जाग्रेबबिरुद्ध ओलम्पिक लियोनाइस, ०७–१२–२०११
सबैभन्दा धेरै ह्याट्रिकको किर्तिमानका लागि दुई खेलाडीबीच प्रतिस्पर्धा भए पनि गोमिसले जत्तिको कम समयमा दुवै खेलाडीले ह्याट्रिक पूरा गर्न सकेका छैनन् ।
डिनामो जाग्रेबबिरुद्ध ह्याट्रिक पूरागर्न गोमिसलाई मात्र ८ मिनेट लाग्यो ।
मेस्सीले सन् २०१२ मा बायर लेभरक्युजनबिरुद्ध १६ मिनेटमा तीन गोल गरेका थिए भने रोनाल्डोले १२ मिनेटमा माल्मोबिरुद्ध ह्याट्रिक पूरा गरेका छन् ।
धेरै सिजनमा गोल
रेकर्डः रायन गिग्स (१६)
मेस्सीले सन् २०१८/१९ मा लगातार १४ युइएफए च्याम्पियन्स लिग सिजनमा गोल गर्दै राउलको रेकर्ड किर्तिमान बराबरी गरेका छन् ।
यता, रोनाल्डोले पछिल्ला १३ सिजनमा गोल गरेका छन् युनाइटेडसँग शुरुवाती दुई सिजनमा उनले गोल गर्न सकेनन् ।
लगातार १६ सिजनमा गोल गर्न रोनाल्डो अझै वर्ष मिहिनेत गर्नुपर्ने देखिन्छ भने मेस्सीले २०२०/२१ मा यो उपलब्धि हासिल गर्न सक्नेछन् ।
एउटा सिजनमा बढी गोल
रेकर्डः रामाडेल फाल्काओ (१८), पार्टो २०१०/११
कोलम्बियन खेलाडीले छनौट र प्रतियोगितामा गरेर सन् २०१०/११ सिजनमा १८ गोल गरेका थिए ।
मेस्सीले सन् २०११/१२ मा १४ गोल गरेका थिए भने रोनाल्डोले सन् २०१३÷१४ सिजनमा १७ गोल गर्न सफल भएका थिए ।
प्रति खेल गोलको औसत
रेकर्डः ०.९७ – गर्ड मुलर (बायर्न म्युनिख)
सन् २०१७/१८ सिजनमा रोनाल्डोले युभेन्टसविरुद्ध क्वाटरफाइनलमा ३–१ को हारामा गोल गर्दै रुड भान निस्टलरोयको लगातार ९ खेलमा गोल गरेको किर्तिमानलाई तोडे ।
तर, प्रति खेलमा गोल गर्ने औसतमा भने मेस्सी र रोनाल्डो गर्ड मुलरभन्दा निकै पछि छन् ।
रोनाल्डोले १५८ खेलमा १२१ गोल गर्दै ०.७७ गोल प्रति खेलको औसत कायम राखेका छन् । सबै युरोपियन प्रतियोगितामा उनको १६२ खेलमा १२३ गोलसहित ०.७६ गोल प्रति खेलको औसत रहेको छ ।
यता, मेस्सीले च्याम्पियन्स लिगमा १२६ खेलमा १०३ गोल गर्दै ०.८२ को औसत बनाएका छन् भने सबै प्रतियोगितामा १३० खेलमा १०६ गोलसहित उनको ०.८२ को औसत रहेको छ ।
यो औसत हासिल गर्न मेस्सीले अगाामी १० खेलमा ह्याट्रिक पूरा गर्नुपर्ने हुन्छ भने रोनाल्डोले आगामी १६ खेलमा ।