ईरुप्से डटकमको मोबाईल एप्स म्याग्दी बाट प्रकाशन हुँदै आएको रुप्से दैनिक पत्रिकाको १५ औं वार्षिकोत्सवको अवसर पारेर सार्वजनिक गरेको छ ।
शुक्रबार रुप्सेको १५ वार्षिकोत्सवको अवसरमा ग्राफिक्स कम्प्युटर सेन्टरले डेभलप गरेको रुप्से एप्स प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य भूपेन्द्रबहादुर थापाले लन्च गरेका थिए ।
ग्राफिक्स कम्प्युटर सेन्टरका म्यानेजर महेन्द्र रेग्मीले मोबाइल एप्स सार्वजनिक गर्ने क्रममा ग्राफिक्स कम्प्युटरमा सञ्चालित जेसिटी कक्षाका साथै ग्राफिक्सले मोबाइल एप्स, एकाउण्टीङ सफ्वेयर तथा सम्पूर्ण डकुमेन्टेसन सम्बन्धीत आवश्यकता अनुसारको सफ्टवेयरहरु उत्पादन गर्दै आएको बताएका थिए ।
मोबाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस https://play.google.com/store/apps/details?id=com.fakeit_app
ईरुप्से डटकमका लागि मोबाईल एप्स ग्राफिक्स कम्प्युटरका लागि विश्व श्रेष्ठले डेभलप गरेका थिए । म्याग्दी बेनीका बासिन्दा विश्व अहिले काठमाडौमा रहेका छन् र उनी ग्राफिक्स कम्प्युटर सँग पनि आवद्ध छन् ।
रुप्से दैनिकको अनलाइन पोर्टल इरुप्से डटकममा रुप्से दैनिकमा प्रकाशित सम्पूर्ण समाचार तथा बिचारका साथै पत्रिकाको इपेपर समेत जनताले हेर्न पाउने व्यवस्था गर्दै आएको छ । प्रमुख अतिथि थापाले एप्स निर्माण पछि रुप्से दैनिक अब बेनीमा मात्र नभै विश्वस्तरीय भएको बताए । विश्वको जुनसुकै कुनामा पनि अब रुप्से एप्स मार्फत पत्रिका जस्ताको तस्तै हेर्न पाउनुका साथै सम्पूर्ण सामग्रीहरु पढ्न सकिने रुप्से सञ्चार सहकारीका अध्यक्ष सुरत के.सी.ले बताए ।