विश्वमा धेरै यस्ता दिनहरु हुन्छन् जुन दिन शान्ति तथा अमनचयनका लागि कामना गर्नुका साथै सबै मानवका लागि राम्रो होस भनेर कामना गर्ने गरिएको छ । तर मानव अनि प्रकृतिको गुणगान र महत्व गाउँदै गैरहेको अवस्थामात्र होइन आणविक निसस्त्रीकरण तथा शान्ति दिवस पनि मनाइयो । आज फरक दिन हो । अर्थात् आज अक्टोबर ४ अर्थात् विश्व पशु दिवस । हुनत मानिसले केही गल्ती तथा कमजोरी गरेको खण्डमा कस्तो पशु जस्तो रहेछ भन्दै गालिगर्दछन् अरुलाई तर पशुले गरेको नराम्रो काम के त भन्ने सवालमा भने सबैको बोली बन्द नै हुन्छ । आखिर पशुले गर्नै नहुने चीज के गरेको छ त भन्दा कोही पनि यसको ठोस जवाफ दिन सक्दैनन् । जब सम्म मानिस आफू सुधारीदैन तब पशुलाई आरोप लगाइ रहन्छ ।
जनावरलाई आफ्नो खाद्यान्न हो भन्ने मानसिकताबाट हामी बाहिर आउन जरुरी छ । वस्तु उत्पादन वा दासका रुपमा मात्र हाीले जनावरलाई नहेरेर आफ्ना परम मित्रको रुपमा पनि हेर्दा अन्याय हुँदैन । किन भने मानिस जनावर बिना एक पल पनि बाच्न सक्दैन र संसारको सृष्टि जनावर विना असम्भव प्रायनै छ । त्यसैले हामीले जनावरलाई पनि समान प्राणिका रुपमा लिनै पर्छ । सन १९२५ मा जनर्मनको बर्लिनमा जनर्मन लेखक हेनरिच जिमरम्यानले विश्वमै पहिलो पटक जनावर दिवस मनाएका थिए । उनले जनावर दिवस मनाएको ४ वर्ष पछि अर्थात १९२९ देखि भने विश्वले अक्टोवर ४लाई जनावर दिवसको रुपमा औपचारीक कार्यक्रम गरेरै मनाउन थालियो । यही दिन इलालियन सन्त फ्रन्सिस अफ एसिसीको जन्मदिन पनि हो । यी तिनै सन्त हुन जसले ११ औं शताब्दीबाट अहिले सम्म पर्यावरण र जनावर मैत्री प्रवर्तक र प्रचारका रुपमा विश्वले मान्दै आएको छ ।
हामीलेले वर्षभरी पुग्ने अनाज उत्पादनका लागि खेतबारीमा हाल्ने मल पशुबाटै हुने र जोत्नका लागि पनि पशु नै चाहिन्छ । हिन्दू नेपाली परम्परामा हेर्ने हो भने पनि भैरवको बहान कुकुर, पार्वतीको बहान बिरालो, गणेशको बहान मुसोलगायत सबै भगवानका बहानहरु जनावर नै छन् । महादेवको बहान साँढे, दुर्गाको बहान बाघ भएकाले पनि हाम्रा पूर्खा र भगवानको पनि पशुसँग निकै घनिष्टता थियो भन्नेमा कुनै दुई मत छैन । त्यसैले आजको दिनमा हामी सबै बाँच्नकालागि सबैको अस्तित्व आवश्यक हुने भएकाले मानव जीवन रक्षाका लागि पशुको पनि रक्षा अपरिहार्य छ भन्ने कुरा नभुलौं । विश्व पशु दिवस सार्थक बनाऔं ।