घर लिप्ने माटो खन्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर बेनी नगरपालिका-२ ज्याम्रुकोट बस्ने ३५ वर्षीया कल्पना बोहोराको मृत्यु भएको छ । ढिस्कोले पुरिएर अन्य ३ जना घाइते भएका छन् ।
सोही ठाउँस्थित छेटारमा शुक्रबार माटो खन्ने क्रममा ढिस्कोले पुरिएका उनीहरुलाई स्थानीय बासिन्दाले उद्धार गरी उपचारको लागि धौलागिरी अंचल अस्पताल बाग्लुङ पठाएकोमा उपचारको क्रममा कल्पनाको मृत्यु भएको हो ।
घाइतेमध्ये सोही ठाउँ बस्ने २३ वर्षीया सृजना थापा र बाग्लुङ नगरपालिका-५ मालिका बस्ने २४ वर्षीया निशा सापकोटालाई थप उपचारको लागि मनिपाल अस्पताल पोखरा पठाइएको छ भने ५० वर्षीया देबकुमारी घिमिरे उपचार पश्चात घर फिर्ता भएकी छिन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Previous Articleकर्मचारी समायोजनमा अझै आलटाल
Next Article शैक्षिक प्रमाणपत्रको आधारमा ऋण पाइने पक्का