म्याग्दीको धौलागिरी गाउपालिका वडा नम्बर २लम्सुङ निवासी आठ वर्षिय बालक नजिन बिक करिब ५ महिना देखि क्यान्सर भएको आखाको उपचार गराउदै आएकाछ्न ।
छोरा बिरामी हुदाहुदै पनि उनका बुबा प्रेम बहादुर बिक आर्थिक अभाबका कारण वैदेशिक रोजगारका निम्ति कतारमा चार महिना अघि मात्र गएका थिए । बालकको अहिले नेपाल क्यान्सर हस्पिटल हरिसिद्दी ललितपुरमा नजिनकी आमा उदिमाया बिक छोराको उपचार गराउन हस्पिटलमा बिरामी भेट्न आउने अन्य बिरामिका कुरुवा र आफन्तले बालकलाई हेरेर माया गरि ५०,१०० गरि दिएको सहयोगले उपचार गराई रहकी छन ।
आठ वर्षीय बालक नजिनको आखाको अबस्था आर्थिक अभाबको कारण उपचारमा समस्यादेखिए पछि सिन्धुपाल्चोक निवासी सामाजिक अभियान्ता बबिता योन्जन र म्याग्दीका आशिष परियार झिल्केले बालकको उपचारका लागि नजिन बचाउ अभियान सन्चालन गर्दै आउनु भएको छ। आर्थिक अभियान संचालन गरेका आशिष परियार झिल्केले अभियानमा म्याग्दीका पत्रकारहरुलाई नजिन बचाउ अभियान सफल पार्न अनुरोध गरे ।
अहिलेसम्म धेरै लाई फेसबुकको माध्यम बाट सहयोग संकलन गरेका झिल्के नबिनको लागि फेरि एक पटक सहयोग गरिदिनु हुन सबैलाई इरुप्से ड्ट्कम मार्फत अनुरोध गर्दै म्याग्दीमा रहेका विभिन्न संघ संस्थाहरुलाई यस अभियानमा आवद्ध भइ दिन अनुरोध गरेका छन ।
आज असोज १२ गते अभियान्ता बबिता योन्जनलाई सम्पर्क गर्दा उनले भनिन केहिले आर्थिक सहयोग गर्ने भनेका छन तर खासै पैसा उठ्न सकेको छैन । अप्रेसन गर्ने समय हुन लाग्यो तर पनि पैसा भने संकलन हुन सकेको छैन । तपाइ हामि सबै लागेर पहल गरि उनलाई उपचार गराउन लागौं उनले भनिन ।
अहिले बालक नजिन बिक को दाहिने आखामा भएको क्यान्सरले उनको आखाको ज्योती गुमेकोछ अहिले बालकको नेपाल क्यान्सर हस्पिटलमा डा. प्रकाश नाथ तिवारी बाट उपचार भइरहेको छ । अब चार हप्ता सम्मको निरन्तर उपचार पछि बिरामिको अबअस्थालाई हेरेर उक्त आखाको अप्रेसन गर्न पर्ने बताएका छ्न । डाक्टर को भनाइ अनुसार यति नै पैसा लाग्नेभन्न नसके पनि अन्दाजी आठ देखि दस लाख सम्म लाग्न सक्ने र प्रेसन पछि पनि करिब डेढ बर्ष सम्म हपिटलको नजिक रहेर उपचार गर्नु पर्ने बताएका छन ।
क्यान्सरपिडित बालकको आमा उदिमायाँ बिकले भनिन अहिलेसम्म आफ्ना गाउँले ,आफन्त , चिने जानेका र हस्पिटलमा आउने अन्य बिरामिका किरुवाहरुले छोराको अवस्था लाई देखेर सहयोग गरेको र सो सहयोग बाट छोराको उपचार गराइ रहेको बताउदै सबै सङ्ग यथासक्दो सहयोगको पहल गरि दिन आग्रह समेत गरेकी छ्न ।
यो समाचार दलमर्दन कामिको फेसबुक र अभियान्ता आशिष परियार झिल्के संग इरुप्सेको लागि पुर्ण विश्वकर्मा (पहाडी)ले गरेको कुराकानीमा तयार पारिएको हो ।
सहयोगका लागि :-
नजिन बचाउ अभियान्ता : बबिता योन्जन, हाल- काठमाडौं ( 00977-9803446616) ,
आशिष परियार ‘झिल्के’ हाल मलेसिया
दलमर्दन कामी काठमाडौ 00977-9851156196
जापान – गुरु प्रसाद सापकाेटा
चन्द्र विश्वकर्मा – कुवेत
खातावालाकाे नाम :- udimaya bk
खाता न. :- 001111300151972000001 बैक :- joti bikash bank ltd. gairidhara
Kathmandu
( swift code – srblnpka बिदेशबाट पठाउनकाे लागि ।)
सिधा सम्पर्क का लागि आमा उदिमायाँ बिक 00977-9806126936