
काठमाडौं । स्पेनस्थित नेपाली दूतावासले सार्वजनिक खरिद प्रक्रिया लत्याउँदै दूतावासलाई आवश्यक पर्ने सामग्री खरिद गर्ने गरेको खुलासा भएको छ ।
अाजकाे नेपाल समाचारपत्र दैनिकमा याे खबर छ – तेस्रो पक्ष बिमा नगरी सवारी खरिद गरेको दूतावासले ‘भिजिटिङ कार्ड’ र कार्यालयको ढोकामा राखिने ‘नेम प्लेट’ बनाउने खर्चसमेत पारदर्शी ढंगमा गरेको छैन । भिजिटिङ कार्ड र नेम प्लेट बनाउने खर्च गत आर्थिक वर्षमा निकासा भए पनि अहिलेसम्म त्यस्ता सामग्री तयार भएको छैन ।
दूतावास कर्मचारीसँग त्यहाँका नेपाली र अन्यले भिजिटिङ कार्ड माग्दा ‘कार्ड बन्ने प्रक्रियामा रहेकाले अहिले उपलब्ध गराउन सकिएन’ भन्ने जवाफ दिन्छन् ।