पछिल्लो समय बढ्दो रुपमा आएको सूचना र समाचार हो बलात्कार तथा यौन हिंसाका घटनाहरु । विभिन्न सामाजिक सञ्जाल अनि पत्रपत्रिका तथा रेडियो टेलिभिजनमा दैनिकजसो बलात्कार तथा यौन दुव्र्यवहारका समाचार अचेल छुट्दैनन् । पछिल्लो समय यस्ता घटनाहरु निकै बढ्दै गै रहेको अवस्थामा अपराधीहरु उम्कने दर पनि उस्तै छ । कञ्चनपुरमा भएको बलात्कार पछि हत्याको छानविन अनि दोषी पत्तालगाउने काम अझै निश्किर्षमा पुगेको छैन । आरोप पनि अउने थरेको छ ‘भिआइपी अपराधी’ भनेर । तर कस्तालाई हो सामान्य र भिआइपी भनेर बर्गिकरण गरेको त्यो भने थाहा लाग्न सकेको छैन । तर अपराध हुने र अपराध गर्नेलाई कारवाहीका लागि पनि आन्दोलन नै गर्नु पर्ने अवस्था जसरी सृजना भएको छ त्यसले भने मुलुकमा हुने कानुनी शासमाथि प्रश्न भने पक्कै उठाएको छ ।
भारतमा सामुहिक बलात्कार गरी झाडीमा फालिएकी युवतीको उपचारको क्रममा मृत्यु भयो । उक्त घटनाका दोषीहरुलाई भारतको तीन तहकै अदालतले मृत्युदण्डको फैसला सुनायो । एक जना नाबालक भएकोले सुधारगृहमा राख्ने आदेश ग¥यो भने बाँकी ५ जनालाई मृत्युदण्डको सजाय भयो । नेपालमा संविधानले नै मृत्युदण्डको व्यवस्था गरेर कानुन बनाउन नपाइने भनेर उल्लेख गरे सँगै हटेको मृत्युदण्डको कानुन अब फेरी व्यूताउन पर्छ भन्ने पनि स्वरहरु उठ्न थालेका छन् । नेपालको संविधानले नागरिकको बाँच्न पाउने हकलाई उल्लेख गरी सकेको अवस्थामा नेपालमा मृत्युदण्डको कानुन बनेको छैन । वि.सं. २०४७ सालको संविधानले अंगिकार गरेर कार्यान्वयनमा आएको मृत्युदण्ड सम्बन्धी व्यवस्था गरेर कानुन बनाउन नपाइने प्रावधानले गर्दा नेपालमा मृत्युदण्डको कानुन बनेको छैन ।
प्रश्न अब के गर्ने त छोरीचेलीको सुरक्षाका लागि भन्ने सवाल हो । विद्यालय गएका छोरीहरु शिक्षकबाटै दुव्र्यवहार भएको भन्ने घटना सार्वजनिक हुन्छ अनि परिवारका सदस्यबाटै बलात्कृत भएका घटनाहरु सार्वजनिक भै रहँदा अब छोरीहरुको सुरक्षा कस्ले गर्ला त ? कहिँ कतै आफन्तबाटै असुरक्षीत त कहीँ कतै गुरुहरुबाट असुरक्षीत नारीहरु सुरक्षीत को बाट भएको महशुष गर्ने ? अहिले पछिल्लो समय गम्भीर प्रश्न आएको छ । कही कतै पनि सुरक्षीत नभए पछि भोलीको समाज झन कसरी अगाडी बढ्ला यो विषयमा चिन्तीत बनाएको छ अहिले सृजना भएको अवस्थाले । त्यसैले अब आजै बाट प्रण गरौं छोरी सुरक्षीत गर्नका लागि ।
Previous Articleदेश विकासमा सहकारी
Next Article अन्तराष्ट्रिय उडानको लागि लाइसेन्स खुल्दै