आन्दोलनरत नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिसँग सरकारले आठ बूँदे सहमति गरेको छ ।
शुक्रबार सिंहदरबारमा भएको वार्तामा सहमति भएसँगै आन्दोलनका सम्पूर्ण कार्यक्रम आजैदेखि फिर्ता भएका छन् । त्यस्तै सरकारले आन्दोलनका क्रममा थुनामा रहेका सबै सवारी चालकलाई आजै रिहा गर्नै भएको छ ।
प्रधानमन्त्री कार्यालय शुक्रबार भएको तीन घण्टा लामो छलफलमा सरकारले चालकका माग पूरा गर्ने सहमति जनाएको हो ।
विहिबार रातीनै वीरगंजबाट आन्दोलनको नेतृत्व गरिरहेको स्वतन्त्र सवारी चालक संघर्ष समितिका संयोजक वसन्त शर्मा, सहसंयोजक अर्जुन अधिकारीसहितको टोली काठमाण्डु आएको थियो ।
छलफलमा प्रधानमन्त्री कार्यालयका सचिव अधिकारी,गृह मन्त्रालयका सचिव प्रेमकुमार रार्इ, भौतिक,पूर्वाधार मन्त्रालयका सचिव मधुसुदन अधिकारी र कानुन सचिव राजीव गौतम सहभागी थिए ।