आइतबार डोजर दुर्घटनामा परी वेपत्ता चालक मंगलबार मृत अवस्थामा फेला परेका छन् । समयमा जिल्ला म्याग्दी अन्नपुर्ण गाउँपालिका वडानं-४ नारच्याङ धमिलामालरानी स्थित निलगिरी हाईड्रोपावरको लागी मोटर बाटो निर्माण गर्ने क्रममा डोजर दुर्घटना परी बेपत्ता भएका डोजर अप्रेटर तनहुँ घिरीङ गाउँपालिका वडा नम्बर ३ का २३ वर्षिय कमल थापा मगरलाई प्रहरीले मृत अवस्थामा फेला पारेको हो । घटनास्थल बाट करिब ४ किलोमिटर तल खोलाको किनारपानीमा मृत अवस्थामा फेला परेको इन्सपेक्टर लोकबहादुर गुरुङले बताए । मृतककाे सब उनैका बुबालाइ बुझाइएकाे समेत प्रहरीले बताएको छ ।