
काठमाडाैं । चारपांग्रे सवारी साधन उत्पादक जर्मन कम्पनी भक्सवागनद्वारा बिक्री गरिदै आएका सवारी साधनले वातावरणलाई प्रतिकुल असर पार्ने कार्बन उत्सर्जन गरेको तथ्य भेटिएको छ।
अाजकाे नेपाल समाचारपत्र दैनिकमा याे खबर छ – उक्त तथ्य फेला परेपछि विश्वका थुपै्र मुलुकमा त्यस्ता गाडीको प्रयोगमा प्रतिबन्ध लगाइसकिएकको छ तर यसबारे नेपालमा भने हालसम्म सोधखोज भएको पाइएको छैन।
सवारी प्रदुषण जाँच्ने यातायात व्यवस्था विभागले अहिलेसम्म आधिकारिक धारणा राखेको छैन। विषाक्त कार्बन उत्सर्जन गर्ने यस्ता साधन रहेको पाइएमा सम्बन्धित कम्पनीमा फिर्ता पठाउने नपठाउने भन्नेबारे नेपाल सरकारले नै सोच बनाएको छैन।
उक्त कम्पनीद्वारा उत्पादित विभिन्न १३ मोडलका ३ लाखभन्दा बढी गाडी भारतबाट भने सोही कम्पनीलाई फिर्ता गरिएको थियो।
सन् २०१५ सेप्टेम्बरमा अमेरिकी सरकारले १८ अर्ब अमेरिकी डलर बराबरको जरिवाना तिराएको थियो। अध्यधिक धु“वा फाल्ने तथा कार्बन उत्सर्जन गर्ने प्रतिगाडी बराबर ३७ हजार ५ सय अमेरिकी डलर हर्जना तिर्नुपर्ने निर्णयपछि अधिकांश मुलुकले उक्त कम्पनीका सवारी साधन बिक्री वितरण तथा सञ्चालनमै प्रतिबन्ध लगाएका थिए।
जसको असर सवारी बिक्री वितरणमा पनि प¥यो। केही समयमै कम्पनीको व्यापारमा तीन गुणासम्म गिरावट आयो।
सन् २००९ देखि २०१५ सम्म बजार पठाइएका उक्त कम्पनीका अधिकांश कारहरू कार्बन उत्सर्जन परीक्षणमा फेल देखिएका थिए। त्यस कम्पनीका गाडीले फ्या“क्ने धु“वा र त्यसले पार्नसक्ने असरबारे अध्ययन गर्न विश्वभर १ करोड १० लाख कारमा धु“वा परिक्षण गर्ने उपकरण राखिएको थियो।