२०७२ सालमा जिल्ला खेलकुद विकास समिति म्याग्दीको अध्यक्षमा नियुक्त भएर खेलकुद विकास समितिको भौतिक तथा खेल संरचनामा व्यापक सुधार गर्दै आएका कृष्णकुमार विश्वकर्मा सँग रुप्से ग्रुपका लागि अमृत बास्कुने र कृष्ण जि.सी.ले गरेको कुराकानीको सम्पादीत अंश ः
स्वागत त छ तपाइँलाई रुप्से ग्रुपमा ।
धन्यवाद ।
जिल्ला खेलदुक विकास समिति म्याग्दीको नेतृत्वमा आएपछि तपाइँले के कस्ता परिवर्तन गर्नुभयो र जिल्लाले के कस्तो परिवर्तन पायो खेलकुदमा ?
एकैचोटी अलि जटिल प्रश्न भयो जस्तो लाग्छ । यसमा झन्डै ३ वर्षको अन्तरालमा हामीले प्राप्त गरेको राजनीतिक नेतृत्व, खेलकुद मन्त्रालय र त्यसबाट भएको नियुक्तिलाई हेर्ने हो भने हामी ३ वर्ष रनिङ गर्दैछौं । यस बिचमा मलाई लाग्छ, हिजो खेलकुदको कार्यालयसम्म पनि मान्छेले थाहा नपाइरहेको अवस्थाबाट आज खेलकुदप्रति मान्छेको चाहना, आकर्षण बढ्दो क्रममा रहेको देख्दाखेरि यत्ति शब्दले सबै कुराको मसिनो व्याख्या गर्छ भन्ने कुरा लाग्छ । दुई नम्बरमा यति भनेर पर्याप्त त हुँदैन, यति गरेर मात्र पनि पर्याप्त हुँदैन । मेहनत गरिएको छ, प्रयास गरिएको छ । खेलकुदको जुनदिन मैले जिम्मेवारी सह्माले, त्यसको आजसम्म पनि आज मलाई अर्को काम छ भन्ने गरी खेलकुदको भूमिका र जिम्मेवारीबाट भाग्ने कोसिस पनि गरिएन । भनेको, यो बीचमा जति गर्न सक्नुपथ्र्यो, ज ितगर्न सक्छु भन्ने लागेको थियो, म सन्तुष्ट नै छु, गरियो भन्ने लाग्छ ।
तपाइँ खेलकुदमा आउँदै गर्दा त्यो बेलामा नेपाली कांग्रेस निकटका पनि केही सदस्यहरु हुनुहुन्थ्यो, उहाँहरुको सहयोग कस्तो रह्यो ?
सहयोग भएकै छ । जुन संस्था पनि भने जसरी यो नितान्त भोलेन्टरी संस्था रहेछ । सरकारले नियुक्त गर्ने अन्य धेरै वटा जिम्मेवारीहरुमा तलब, सेवासुविधाको ग्यारेन्टी गरेको भए पनि यो खेलकुद विकास समितिमा नितान्त भोलेन्टर, एक रुपैयाँ पनि हामी कतैबाट लिन सक्दैनौं, राज्यले हामीलाई त्यो व्यवस्था गरेको छैन । त्यसमा सबैका सबै सिंगो समिति पुरै दिन खट्ने भन्ने कुरा चुनौती नै हुँदोरहेछ । त्यसमा पनि हामी नियुक्ति गराउँदाखेरि भूगोल मिलाउनु पर्ने, जाति मिलाउनु पर्ने, समुदाय मिलाउनु पर्ने, खेलकुदको विधाहरु मिलाउनु पर्ने, त्यसमा भन्दा फरक अझ राजनीतिक शक्तिहरुको बीचमा आन्तरिक सहमति पनि मिलाएर गराउनु पर्दा खेरि त्यो बेला जो जति साथीहरु हामी नेतृत्व भएर आइयो, यो बिचमा सहयोगै नभएको होइन, तर धेरै काम गर्ने बेलामा अभाव महसुस गरिएको छ हिजोआज ।
खेलकुद विकास समितिको अहिलेसम्म म्याग्दी जिल्लामा स्तरीय खेलकुद मैदानहरु र हलहरुको अभाव छ । हजुरको यो कार्यकालमा आगामी भौतिक योजनाहरु के कस्ता रहेका छन् ?
अहिले योजना भन्ने, योजना यस्ता छन् भनेर मात्र हुने स्थिति बनाइदियो राज्यले । अहिले राज्यको पुनर्संरचना, संविधानको पछिल्लो व्याख्या, यी सबैलाई हेर्दाखेरि खेलकुद विकास समितिलाई यो आफ्नो एकल स्वामित्व र आफ्नो अस्तित्वमा हिजो जस्तैगरी रहन्छ या रहन्न भन्ने कुरामै संशय पैदा भएको छ अहिले । हामीलाई राष्ट्रिय खेलकुद परिषद् र मन्त्रालयले यथावस्थामै काम गर्नुस् भनेर निर्देशन गरेको छ भने संविधानले जिल्ला स्तरीय कुनै पनि कार्यालय नरहने, त्यसकै आधारमा पालिका स्तरमा जाने या यो डिजर्भ हुने कुरा आइरहेको छ । त्यो हिसाबले हामीलाई छुट्टै विगतको वर्षजस्तै ल तपाइँहरुलाई भौतिक योजनामा, पूर्वाधारमा यो यो काम गर्नुस् भनेर पैसा आएको त छैन, तर म्याग्दी जिल्लामा विशेष गरी बेनी नगरपालिकामा यसका कामहरु तपाइँले भने जस्तै हल, उता स्तरीय मैदान आदिको प्रयत्न र तयारीमा छौं । त्यसको अलि बढी मेहनत खेलकुद विकास समिति र म आफैं पनि अलि बढी लागेको, परिणाम निकाल्नलाई म कस्सिएको छु । अब फुटबल मैदानको रुपमा खुला मञ्चको हामी डिपिआर पनि बनाइसकेका छौं । डिपिआर पनि आइसकेको छ । लगानीकर्ताहरु पनि निश्चित ब्लकहरुमा स्मृतिको नाममा, कसैको नाममा हामी गराउँछौं भनेर पाँच सात जना मान्छेहरु भेटिइसक्नु भएको छ । नगरपालिकाबाट पनि लगातार तेस्रो वर्ष, अहिले पनि हामी ६५ लाख रुपैयाँ हामी त्यहाँ हाल्न सफल भएका छौं । यी लगायत यति त्यो डिपिआरलाई हामी यहाँ ल्याएर सबै सरोकारवालाहरुको बीचमा देखाउन सक्यौं र त्यसको महत्वको बारेमा बुझाउन सक्यौं भने अहिले त्यहाँ भएको दुईवटा घर पनि हामीले सक्यौं भने उहाँहरुलाई उचित क्षतिपूर्तिसहित ती घरलाई विस्थापित गर्दा हामी पुरै हिसाबले मापदण्ड पुगेको अन्तर्राष्ट्रिय स्केलको मैदान बनाउन सक्छौं । हामीले सोही अनुसार डिपिआर पनि बनाएका छौं । अर्को कुरा हलको कुरा । अहिले जुन हल हामीले उपयोग गरिरहेका छौं म्याग्देलीहरुले, म्याग्देली खेलसँग सम्बन्धित विशेषगरी मार्सलआर्ट र ब्याडमिन्टनका साथीहरुले, उहाँहरु अहिले खेलेको हल अहिलेसम्म, आजको मितिसम्म ४ नं. प्रदेशको उत्कृष्ट हल हो । सबै हिसाबले यत्तिको हल ४ नं. प्रदेश अन्यत्र कहीँ छैन । अब बन्दै गर्दा अन्यत्र बन्यो भने हामी सेकेण्ड हौंला, अहिलेसम्म हामी उत्कृष्टै छौं । यतिधेरै राम्रो म्यानेज गरेको छ। त्यहाँ पार्केटिङ गरियो, टायलिङ गरियो, लाइटको पूर्ण व्यवस्था छ । अब त्यहाँ बिजुली जाँदा खेल्न सक्ने व्यवस्था मिलाउन सकियो भने यसले सबै हिसाबले मापदण्ड पूरा गरेको असाध्यै राम्रो कवर्ड हलको रुपमा यसलाई लिन सकिन्छ ।
विश्वकर्मा सँग गरिएको कुराकानीको भिडियो
म्याग्दी जिल्लामा हजुर खेलकुद विकास समितिको नेतृत्वमा आइसकेपछि छात्राहरुलाई पनि खेलकुदमा आबद्ध गराउन अलिक बढी मेहनत गर्नुभयो र छात्रा फुटबल पनि सुरु गर्नुभएको छ । त्यो आगामी दिनमा हुन्छन् हुँदैन र अहिले हुन्छ हुँदैन ? अहिले के छ ?
हामी यसैको दोस्रो संस्करणको तयारीमा पनि छौं । यही भाद्र २५ देखि २७ गतेसम्म महिलाहरुको महान् चाड हरितालिका तिजको अवसरमा यसलाई एउटा ब्राण्ड नै बनाउने गरी आजीवन लामो समयसम्म, भोलि अरु अरु जो कोही नेतृत्वमा आउँदा खेरि पनि यसलाई निरन्तरता दिन सक्ने गरी हामी यसलाई अवधारणा बनाएर कार्यक्रम गरेका छौं । यो कार्यक्रमको सन्दर्भमा तपाइँले भनेजस्तै आज नारामा जति कुरा गरिए व्यवहारमा आधा आकाश ढाक्ने महिलाहरुको स्थिति हैसियत दोस्रो दर्जाकै नागरिकको समान छ । आज पनि स्कुल पढ्ने बालबालिका कक्षा १०, ११, १२ सम्म पढ्दा निश्चित समय छुट्याएर खेल्ने छात्राहरु, महिलाहरु त्यो भन्दा उमेर पार गरे भने कहीँ कतैबाट त्यो उपयुक्त वातावरण छैन । तपाइँले नेपालको सन्दर्भमा आजसम्म जत्ति पनि अन्तर्राष्ट्रिय पदकको गणना हेर्ने हो भने टोटलमा लैजाँदा हामी ७० भन्दा बढी प्रतिशत आज महिलाको सहभागिताबाट मात्र नेपालमा पदक भित्रिएको छ । यो कुरालाई हेर्दाखेरि के देखिन्छ भने सीमित स्रोतसाधन, यस्तो एकाङ्गी प्रकारको हाम्रो समाज, यस्तो विभेदकारी समाजको बीचबाट नगण्य महिलाहरु खेलकुदमा निस्किँदा पनि ७० प्रतिशत जित्छन्, सक्छन् भने यसलाई अलि प्रचार गरेर अलि सामाजिक हिसाबले खेलकुदमैत्री वातावरण, त्यो पनि महिलाका निम्ति बनाउन सकियो भने नेपालको खेल क्षेत्रले, खेल जगतले फड्को मार्छ भन्ने हामीसँग पर्याप्त आधारहरु छन्, जुन हामीसँगको पुरानो इतिहासले पनि देखाएको छ । अर्को कुरा यो जति पनि हाम्रो देशमा अशिक्षा, गरिबी आदिका कारणले, शिक्षाको अभावका कारणले जतिपनि आज रेपको घटनाहरु घटिरहेका छन्, महिला हिंसाको घटनाहरु घटिरहेका छन्, तर आजसम्म खेलाडीहरुमाथि एकजना माथि पनि यौन दुव्र्यवहार भएको घटना रहेनछ । भनेको यसले के देखायो भने महिलाहरुलाई सशक्त बनाउन धेरै किसिमका खर्चहरु गरिन्छ । महिलाहरुले यो समाज सह्मालुन् भन्नका लागि धेरैखालका उदाहरणहरु, धेरैखाले ट्रेनिङ, गोष्ठीहरु चलाइन्छ, तर खेलकुदमा लाएको महिलालाई आजसम्म कसैले यौन हिंसासम्म गर्न सकेको छैन भन्दा यसको गरिमा अब यो समाजमा बुझाउन ढिलो नगर्ने हो कि ? त्यसकै निम्ति एउटा खुट्किलो हुनसक्छ, एउटा कोसेढुंगा हुनसक्छ, यो फुटबल हामीले गतवर्षदेखि सुरु गरेका छौं, यसलाई हामी निरन्तरता दिन्छौं ।
हाम्रो जस्तो कि खुला मञ्च डिपिआर बनाएर काम सुरु भएको छ, त्यसलाई विस्तार गर्ने, कबर्ड हलमा पार्केटिङ र त्यहाँ प्लाष्टर गर्ने काम भए, कबर्ड हललाई नै ढलान गरियो, यिनीहरुका लागि आर्थिक अवस्था के छ ? कहाँबाट कसरी व्यवस्थापन गरियो र आर्थिक पारदर्शिताका कुराहरु पनि आउलान्, त्यसलाई कसरी व्यवस्थापन गर्नुभएको छ ?
सर्वप्रथम यी जति विषयहरु छन्, यहाँ बेनीबजारमा मात्र भए भन्ने पनि लाग्न सक्ला । हामी यो खेलकुद विकास समितिमा आए लगत्तै हाम्रो प्रयत्नमा शिखको चित्रे खैलकुद मैदानलाई ५ लाख रुपैयाँ त्यहाँ विनियोजन गरेका छौं, यता राखुको पिप्लेमा रहेको खेलकुद मैदानलाई पनि ५ लाख छुट्याएका छौं, मुनाको मैदानलाई पनि ५ लाख छुट्याएका छौं, बरंजाको हाँडेभिरको मैदानलाई पनि ५ लाख रुपैयाँ छुट्याएका छौं । यस्तैगरेर चुत्रेनी बगुवाखोलाको खेलमैदानलाई पनि हामीले ५ लाख छुट्याएका छौं । भनेको यो बीचमा हामीले सम्भावना देखेका जतिपनि खेलमैदानहरु छन्, सम्भावना बोकेका र जनसंख्याका हिसाबले पायक पर्ने ठाउँलाई खेलकुद मैदानका रुपमा प्रयत्न गरेर त्यहाँ केही केही काम भएका थिए । त्यसमध्ये अलि बहुप्रतिष्ठित सदरमुकामको, अहिले राज्यले पनि एक जिल्ला एक सुविधासम्पन्न खेल मैदानको अवधारणा जुन बोकिरहेको छ, त्यसलाई सदरमुकामको नेरोफेरो हेर्दा त्यति उपयुक्त ठाउँहरु धेरै भेटिएन, यसको मतलब हुँदै नभएका होइनन्, अलि सदरमुकामको सेन्टर पर्ने गरी कहाँ सकिन्छ भन्दाखेरि हामीसँग एउटै मात्र विकल्प रह्यो खुला मञ्च । यो खुला मञ्चलाई हामीले पर्याप्त लगानी गरेका छौं । यो बिचमा सुरुमा नगरपालिकाले ७०÷३० पार्टनरसिपको मोडेलबाट हामीले ३० प्रतिशत जनश्रमदान जुटाएर पनि काम ग¥यौं । त्यो बेला म आफैंले उपभोक्ता समितिको अध्यक्ष भएर काम गरें, त्यो बेला हामीले झन्डै ६५ लाखको काम गरेका थियौं, नगरपालिकाले हामीलाई जम्मा ३९ लाख नेरोफेरोको पैसा छुट्याइदिएको थियो । त्यतिबेला हामी ३५ मिटर लामो कंक्रिट वाल तयार गरेका छौं । त्यतिबेला हामीले सबै यहाँका संघसंस्था, खेलसँग सम्बन्ध राख्ने शुभेच्छुक, समर्थक र अझ विशेषगरी मेरा हिजो आफ्ना समकालीन साथीहरु जो आज वैदेशिक रोजगारमा राम्रो आर्थिक हैसियत बनाएर बस्नु भएको छ, उहाँहरुलाई यो खेलकुद मैदानको बारेमा धेरै गफै गर्नु पर्दैनथ्यो । उहाँहरुलाई यसको महत्वको बारेमा भन्नै पर्दैनथ्यो । हामीले यो अभियान थालेका छौं भन्ने बित्तिकै राम्रो सहयोग गर्नुभयो, एउटा स्रोत त्यो नै हो । अहिले पनि हामी फेरि पनि त्यहाँ पैसा परेको छ, हामी फेरि पनि त्यहाँ जनश्रमदानका केही अंशहरु जुटाएर काम गर्ने हो । त्यसमा हामी निर्धक्क छौं, त्यो पवित्र भावनाका साथ गरिने काम जुनकुनै हुन्छन्, त्यसमा खेलप्रेमी, शुभेच्छुक, समर्थकहरुले आँखा चिम्लेर सहयोग गर्नुभएको छ खयर हामीले उहाँहरुलाई आजसम्म माग्दाखेरि र भोलि पनि माग्न सक्ने गरी हामीले चित्त बुझाएका छौं, हामीले हिसाबकिताब देखाएकै छौं, वार्षिक अडिट गरेर देखाएका छौं, कार्यक्रमपश्चात् त्यसको सार्वजनिक लेखा परीक्षण गरेका छौं । तपाइँले पछिल्लो सोधेको कवर्ड हलको विषयमा लागौं । सुरुमा यसको पृष्ठभूमि अलि फरक छ । हिजो संकटकालको बेलामा यहाँको नगरपालिका, प्रशासनले ठाउँ खोज्यो, त्यो बेला राज्यले लगानी गर्न इच्छुक देखायो, अलि तत्परता देखाएपछि यहाँका भद्रभलाद्मी, तत्कालीन खेलकुदका अगुवाहरुले कालीपुल लगेर राख्नुभयो । मैले त्यो दिन आज पनि सम्झिरहेको छु । त्यतिबेला कालीपुलका बासिन्दाहरु आन्दोलित भए । त्यो आन्दोलनको मिनी नेतृत्वकर्ता, सहायक नेतृत्वकर्ताजस्तो भएर पनि हामीले अवरोध गरियो त्यो बेला । कस्तो भइदियो भने त्यो कबर्ड हलमा कालीपुलको स्थानीय व्यापार, स्थानीय बजारको जुन रौनक छ, त्यो सकिन्छ भन्ने उहाँहरुको एउटा निष्कर्ष थियो, त्यो निष्कर्ष मुताविक हामी पनि त्यसमा लाग्यौं । कतिपटक हामी त्यो खाल्टो पु¥यौं, कति पटक हामीले त्यहाँ पानी लगेर हाल्यौं, कति पटक बनाएका पिलरहरु भत्काइदियौं हामीले । युवाहरुमा त्यो बेला चेतना त्यही स्तरकै थियो । पछि सेना राखेर त्यो कबर्ड हलको सुरु भयो । पछि भइदियो कस्तो भने सेना नै राखेपछि संकटकालको बेलामा रोक्न सक्ने स्थिति रहेन । भयो, काम अगाडि बढ्यो र बिचबिचमा यो पैसा कसरी आउने, कोले हाल्ने भन्ने धेरै किसिमको अप्ठ्यारो झेल्दै झेल्दै कबर्ड हल आजसम्म आयो । सरकार परिवर्तन हुन्छ ९–९ महिना, १२ महिना, १५ महिनामा सरकार परिवर्तन हुने, खेलकुद मन्त्री चेन्ज हुने, मन्त्री चेन्ज हुनेवित्तिकै सदस्यसचिवलाई सहयोग र असहयोगको एउटा चरण सुरु हुने र एउटा सरकारले घोषणा गरेको कार्यक्रम अर्कोले नहालिदिने । यस्तो खालको जुहारीबाट, यस्तो खालको अप्ठ्यारोबाट त्यहाँ झेल्दै झेल्दै आउँदाखेरि बिचमा एक पटक खेलकुद परिषद्ले जीवनराम श्रेष्ठको पालामा त्यतिबेला तत्कालीन खेलकुद विकास समितिको अध्यक्ष प्रमोद श्रेष्ठ हुँदा उहाँले आफ्नो पहलमा २० लाख रुपैयाँ त्यहाँ ल्याएर हाल्नुभयो, बाँकी पैसा भवन डिभिजन बागलुङले काम गरिरहेकै थियो । यो बिचमा जब खेलकुद परिषद्ले हाल्यो र भवन डिभिजनले धेरै पैसा हालेको थियो । एकल स्वामित्वमा काम गर्न रुचाउने एउटा प्रकृति, एउटा खालको टेक्निकल कुराहरु भवन डिभिजनसँग हुँदो रहेछ, उहाँहरुले अन्यत्रबाट पैसा जुटाएर काम गर्न नचाहने । उहाँहरुले आफैं कम्प्लिट गरेर हस्तान्तरण गर्न चाहेन तर बीचमा अलिकति लामो ग्याप भइसकेपछि राष्ट्रिय खेलकुद परिषद्बाट २० लाख आएपछि उहाँहरुले त्यहाँ हात हाल्नै छोड्नुभो । त्यतिबेला टिनको छानो थियो, वाल थियो, तल यस्तै ढलानमा रङ लगाएर खेल्ने गरिन्थ्यो, म जतिबेला त्यहाँ प्रवेश गर्दैथिएँ । म गएपछि प्लाष्टर गरियो, वरपर सबैमा लाइटको पुरै सिस्टम फेरियो र लाइटलाई अहिले नयाँ बनाएका छौं । त्यो बाहेक कार्यालय असाध्यै सानो कोठामा बस्नु पर्ने स्थिति थियो, त्यसलाई ढलान गरियो । अहिले पनि हामीले के झेलिरहेका छौं भने त्यहाँ ब्याडमिन्टन खेल्ने समय एउटा छ, बजार साँघुरो छ, जनघनत्व यस्तो अत्यधिक छ, कतै पनि खाली ठाउँ छैन । विवाह, ब्रतबन्ध, जे गतिविधि पनि हुन्छ, हामीले बहुउद्देश्यीय बनाएको अर्थ भोलि यत्तिको खुला ठाउँ अन्त नभएको कारणले सबै खाले गतिविधि, जुन नेपाली समाजमा अपरिहार्य बनेको छ, त्यस्ता खाले कार्यक्रमहरु पनि त्यहाँ गर्न सकिने भन्ने हिसाबले हिजो बहुउद्देश्यीय बनाइएको रहेछ । हिजो त्यसको प्रस्तावना, अवधारणाहरुमा पनि त्यो लेखिएको रहेछ । आज पनि हामी त्यसलाई निरन्तरता दिइरहेका छौं, बजारमा हुने जुन गतिविधि, अलि धेरै मानिसहरुको उपस्थिति हुने कार्यक्रमहरु त्यहाँ गराई राखिएको छ । त्यसको लागि एउटा खेलकुदको समय मिलाउनु पर्ने, त्यो पनि गाह्रो गाह्रो भएको थियो । हामीले कराँते, तेक्वान्दो लगायत मार्सल आर्टका कार्यक्रमहरु गर्न सकिने गरी माथि ढलान गरेका छौ्रं, त्यसको छतका ट्रस हालेर हामीले गराउँदै छौं, अझै पनि हामीले गराउने हो । र कहिलेकाहीँ यस्तै कार्यक्रमहरु प¥यो, गोष्ठी, अन्तरक्रिया, बैठक, पत्रकार सम्मेलन, यस्तो प¥यो अनि फेरि त्यही कबर्ड हल प्रयोग गर्नुपर्ने, त्यहाँ डिस्टर्व हुने खेल्नलाई, नियमित अभ्यासलाई हाम्रो अप्ठ्यारो हुने । त्यसका लागि हामीले यतापट्टि सानो हल पनि निर्माण गरिसकेका छौं । त्यो कम्प्लिट भएर अहिले सञ्चालनमा पनि छ । यो बिचको आर्थिक विषयहरु, यो बिचमा जतिबेला हामीले काम सुरु ग¥यौं, भवनले छोडिसकेपछि एक रुपैयाँ पनि राष्ट्रिय खेलकुद परिषद्ले पठाएको छैन, एक रुपैयाँ पनि भवन डिभिजनले पठाएको छैन । हामीले नगरपालिकाबाट पुरै हार गुहार गरेर, नगरपालिकालाई मागेर, उहाँहरुले ७० प्रतिशत दिने, हामीले ३० प्रतिशत हाल्ने गरी, खेलकुदको केही आम्दानी छ त्यहाँ, सर्टरहरु भाडामा जान्छन्, त्यहाँबाट आम्दानी भएको पैसाहरु बचाएर हामीले कामहरु गरेका छौं । अहिले पनि हामीहरु केही पैसाहरु तिर्न पर्ने अवस्थामा छौं । त्यो स्थितिबाट आज गुज्रेको छ । आर्थिक पारदर्शीताको कुरा त जतिबेला मैले खेलकुदमा गएँ, त्यो भन्दा अघिदेखि कतिऔं वर्षसम्म त्यहाँ आर्थिक अडिट पनि थिएन, हिसाबकिताब पनि थिएन । हुन सक्छ, त्यतिबेलाका प्राविधिक समस्याहरु त्यही खालका थिए होलान्, त्यतातिर नजाऔं । तर मैले आज हेर्नुभयो भने कुन कार्यक्रममा कति खर्च भयो, कुन कार्यक्रमबाट कति बच्यो वा घाटा भयो, कुन योजनाबाट कति लागत खेलकुदले हाल्यो या निजी सहभागिता कस्तो रह्यो भन्ने कुरा छर्लङ्ग देखिन सक्ने गरी अडिट तयार पारेर राखेका छौं । यसलाई सबै फेहरिस्ता भन्न सम्भव रहेन । त्यहाँ हेर्न सकिने गरी त्यहाँ व्यवस्था छ ।
अन्त्यमा केही भन्नु छ कि ?
यो कार्यक्रममा बोलाइदिनुभयो, यहाँहरुलाई धन्यवाद । अब खेलकुद विकास, खेल क्षेत्रलाई विकास गर्ने हो भने खेल क्षेत्रलाई नयाँ पन दिने हो भने आज पनि हामीले माला लगाएर बिदाई गर्दै गर्दा पोहोरको रेकर्ड कायम राख्नुस् है भन्न नपर्ने गर्ने हो भने यसको मतलब जित्नलाई गर्ने हो भने पूर्वाधारमा, प्रतियोगितामा, प्रोत्साहनमा यी तीन वटा कुरामा हामीले अनिवार्य हिजोको ढाँचाभन्दा फरक तरिकाले सोच्नु पर्ने हुन्छ । आज खेलकुद सामान्यतया करिब करिब स्वास्थ्यसँग सामान्य घुलमिल बनाउन मात्र खोेजेको हो भन्ने देखिन्छ । आज पनि राज्य खेलकुदमैत्री छैन, खेल पूर्वाधारमैत्री छैन । आज युरोप, अमेरिका लगायत हाम्रै छिमेकी देश भारत र चिनमा हेरौं, कुल बजेटको झण्डै धेरैमा १० प्रतिशत र कममा ४ प्रतिशतभन्दा बढी बजेटहरु लगाइरहेका छन्, मैले जुनजुन देशको नाम लिएँ । तर आज हाम्रो खेलकुदमा नेपालमा आर्थिक वर्षको बजेट भन्दैगर्दा ०.०२ प्रतिशत बजेट छुट्याउँदा हामी दीपावली गर्नुपर्ने अवस्था छ, भनेको हिजो झन् त्यो भन्दा पनि दयनीय अवस्था थियो । आज एउटा जिल्लामा सुविधासम्पन्न खेलमैदान छैन, हामी अन्तर्राष्ट्रिय पदक जित्न प्रयत्न गरिरहेका हुन्छौं, कोशिश गरिरहेका हुन्छौं । अहिले संविधानले भनेजस्तो सातवटा प्रदेशमा कुनै किसिमको बहुउपयोगी खेलमैदान छैनन् । यस्तो स्थितिबाट आज नेपाली खेलकुद अगाडि बढ््दैगर्दा फेरि पनि कहीँ कतै आशाका किरणहरु, अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा नेपालीहरुले ल्याएको पदकहरुले आशाका किरणहरु देखाएको छ । यति सम्मानित, यति सर्वोच्च यस क्षेत्रलाई राज्यले अलि ध्यान नसकेको हो कि ? अलि ध्यान दिनु पर्छ कि भन्ने लाग्छ । त्यसमा खेलाडीहरुलाई अहिले बैकुण्ठ मानन्धरको अवस्था हेरिरहेका छौं हामीले संगिना वैद्यको हेरिरहेका छौं, राज्यको लागि पहिलो मेडल ल्याउने ती मान्छेलाई केही गर्न सकेको छैन । एउटा सानो कोठामा जर्सी र टिसर्ट बेचेर बसेका छन् । कति जना खेलाडीहरु आज पनि गिटी कुटेर खाइरहेका छन् । भनेको जुनदिनसम्म नेपाली पोसाकमा खेल्दै गर्दा त्यो बल, तागत, क्षमता, कौशलता हुँदा मात्र होइन, भोलि उसको सबै कुरा सकिँदा पनि राज्यले उसको जीवन रक्षाको निम्ति सबै खाले आधारहरु तयार पार्न सक्दिने स्थिति बन्ने हो भने नेपालीहरु प्राकृतिक हिसाबले शारीरिक बनावट र मानसिक हिसाबले तेजस्वी मानिन्छन् आज पनि । तर नेपालीहरु, हाम्रा खेलाडीहरुमा के छ भने मैले खेल्न नसक्ने हुँदा मेरो भविष्य के हुन्छ भन्ने कुराको आज पनि अन्योल छ, खयर अहिले पछिल्लो समय राज्यले त्यसलाई हेर्ने गरेको छ । मैले राष्ट्रिय प्रतियोगिताहरुमा भाग लिँदै गर्दा, राष्ट्रिय गोष्ठीहरुमा भाग लिँदै गर्दा मैले सधैंभरि भन्ने गरेको के हो भने मेडल र पदको आधारमा राज्यले उसलाई पुरस्कारको व्यवस्था गर्नुपर्दछ । जिल्ला स्तरीय जितेको छ भने कम्तीमा उसलाई यातायातमा, स्वास्थ्यमा, शिक्षामा ५० प्रतिशत, प्रदेश स्तरीय जितेको छ भने उसलाई ७५ प्रतिशत अथवा उसले त्यहाँबाट पाउने सेवासुविधाको केही अंश वृद्धि गर्दै जानुपर्छ । राष्ट्रिय जितेको छ भने त्यसलाई पुरस्कृत गर्नुपर्छ भनेर हामीले पटक पटक आवाज उठायौं । अहिले गतवर्षबाट मेडल पदकको आधारमा राष्ट्रिय प्रतियोगिता जितेकाहरुलाई र हिजो जिताएका खेलाडीहरुलाई राज्यले सम्मान गर्न सुरु गरेको छ । यिनै विषयहरु नै हो खेलसँग सम्बन्धितहरुले, खेललाई माया गर्नेहरुले, खेल क्षेत्रमा काम गर्छु भन्नेहरुले ध्यान दिनुपर्ने, लाग्नु पर्ने, गर्नुपर्ने यिनै हुन् । यसमा मेरो आफ्नो विचारहरु, कुराहरु, खेलकुदसँगको गतिविधिहरु पत्रिका तथा अनलाइनमार्फत् आम मानिसहरुको बिचमा पु¥याउने जुन किसिमको कोशिश, रुप्से दैनिक र इरुप्सेले ग¥यो, त्यसका लागि म आभार व्यक्त गर्न चाहन्छु । सबैले एक पटक महिलाहरुलाई पनि खेलकुदमा सहभागिता गराउने प्रतिबद्धता गराऔं । सबैले खेलकुदलाई राजनीतिकको मुख्य केन्द्रविन्दु बनाऔं र खेलकुदलाई सबैले सक्दो, माया उत्प्रेरणा र सद्भाव राखौं । पक्कै पनि एक दिन नेपाली पोसाकमा विदेशीसँग खेल्दैगर्दा एउटा गौरवको, स्वाभिमानको नेपाली झण्डा फहराउने छ, सबैले माया ग¥यौं भने त्यो सम्भव छ, त्यो हाम्रै पालामा सम्भव छ । धन्यवाद !