म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित वेष्ट पोईन्ट कलेजमा प्यानल डिस्कसन कार्यक्रम सम्पन्न भएको छ । वेष्ट पोइन्ट कलेज बिबिएस चौथो वर्षमा अध्ययन गर्ने विद्यार्थीहरुले उद्यम र उद्यमसिलता विषयक सामूहिक छलफल, प्यानल डिस्कसन कार्यक्रमको आयोजना गरेका हुन् ।
कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गत महिला उद्यम विकास समितिका सभापति सुनिता केसी, अल्लो कपडा उद्योगका सञ्चालक, विष्णु गुरुङ, गलेश्वर मसला उद्योगका सञ्चालक, उद्यमी गङ्गा खत्री, रोयल व्युटी पार्लरका सञ्चालक सङ्गीता श्रेष्ठ, लायन्सका सदस्यहरु, म्याग्दी जेसीज सदस्य संगीता श्रेष्ठ, होटल डल्फिनका सञ्चालक नानु श्रेष्ठ, श्रेष्ठ स–मिल तथा फर्निचर उद्योग एवं श्रेष्ठ ग्रिल तथा स्टिल फर्निचर उद्योगका सञ्चालक साधना श्रेष्ठ, राष्ट्रिय लघुउद्यम विकास महासंघका केन्द्रीय उपाध्यक्ष दिलु घताने, जय माँ लक्ष्मी सुनचाँदी पसलका सञ्चालक जानकी विश्वकर्मा प्रवक्ताको रुपमा उपस्थित भएका थिए ।
कार्यक्रमको शुरुवात गर्दै मध्यस्थकर्ता सुस्मिता बरुवालल नेपालमा ६५ प्रतिशत मानिसहरु कृषिमा निर्भर रहेको यो कृषि प्रणाली निर्वाहमूखी र टाइम पास हुने खालको मात्रै भएकोले जबसम्म कृषिमा रहेको निर्भरता कम गर्न सकिन्न देशको अर्थतन्त्र अपेक्षित सुधार नहुने बताइन् । वर्तमान युवा पुस्तामा उद्यमसिलताको विकास गरी आत्मनिर्भर बनाउन सहयोग पु¥याउने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको बताइन् ।
प्रवक्ताहरुले आ–आफ्नो उद्यम र व्यवसायसँग सम्बन्धित प्रश्न र जिज्ञासाको जवाफ दिएका थिए । उनीहरुले कलेजले उत्कृष्ट कार्यक्रम गरेर आफूहरुलाई निम्ता गरेर उद्यमसिलताको बारेमा जानाकारी गराउने अवसर प्रदान गरेकोमा खुसी व्यक्त गरेका थिए ।
कलेजका प्रिन्सिपल वीणा झाले व्यवस्थापन कलेजमा सैद्धान्तिक ज्ञानसँगै यसको व्यवहारिक पक्षलाई अभ्यास गर्न कार्यक्रमको आयोजनना गरिएको बताइन् । वेष्ट पोईन्ट एजुकेसन फाउण्डेसनका अध्यक्ष सुदर्शनकुमार श्रेष्ठले उद्यम र उद्यमसिलताका बारेमा जानकारी गराए । टिपोटकर्ता शिक्षक कृष्ण गिरीले प्रश्नकर्ता र प्रवक्ताको बिचारलाई विश्लेषण गरेका थिए ।