बेवारिसे कुकुरलाई नियन्त्रणका नाममा निर्ममतापूर्वक मार्ने गरिन्छ ।घर पालुवा कुकुरले टोकेर घाईते भएरमा अन्यत्र लगेर छोड्ने वा नजिककै रहेको खेलामा फालेर मार्ने गरेका प्रसस्तै भेटिन्छ । बेवारिसे अवस्थामा भेटिने कुकुबाट आक्रमण हुनबाट जोगिने मान्छेले अनेक उपाय गर्छन् । तर, म्याग्दीमा घर मालिकले घरमा पालेको टर्की कुकुरालाई कुकुरले मारेपछि २६ दिन अगाडी नजिकै राहुघाट नदीमा फालेको एक कुकुरलाई यूवाहरुको टोलीले शुक्रबार जोखिम मोलेर उद्धार गरेका छन् ।
बेनी नगरपालिका–९ गलेश्वरस्थित रिर्भरसाइड होटलमा कुखुरालाई मारेपछि मालिकले तीनसाता अगाडी खोलामा फालेको कुकुरका बारेमा सामाजिक सञ्जालमा भाइरल भएपछि प्रकाश पौडेलको नेतृत्वमा गएको एक टोलीले राहुघाट र कालिगण्डकीमा एउटा ढुंगामा अड्किएको कुकुरलाई डोरीको पासो लगाएर उद्धार गरिएको छ । ‘सात घण्टाको प्रयासमा कुकुरको उद्धार गरियो,‘कुकुरको चीत्कार मनले बुझेपछि उद्धारमा जुटेका थियौं’ पौडेलले भने ।
उनले बेबारिसे कुकुर भएपनि दुई खोलाको बीचमा उद्धारको पखाईमा बसेको कुकुरको एक तस्वीरल भाबुक बनाएको बताए ।‘उर्लिएको कालिगण्डकीको भेलमा उसको चीत्कार न कसैले बुझ्यो न कसैले सुने,‘बाच्नका लागी उसले गरेको संघर्षले हाम्रो मन छोयो’ पौडेलले भने ।उनका अनुसार करिव १४ जनाको समुहमा रहेका यूवाले कालिगण्डकी र राहुघाट नदीमा डोरीले पासो बनाएर उद्धार गरिएको थियो ।
उद्धारमा पौडेलसंगै तेजेन्द्र बानियाँ लगाएतले ज्यानका बाजी लगाएर खटिएका थिए । कुकुर उद्धारमा खटिएका यूवाहरुको सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ । पशु अधिकारबादीले आफैले पालेको कुकुरलाई चाहना अनुसार घरमा राख्ने गरिएपनि आवश्यकता महसुस नभएपछि निर्ममतापूर्वक मार्ने वा बेवारिसे छोड्ने कार्य गैरकानूनी भएको बताएका छन्।
कुकुरको उद्धारमा यूवाहरुले जिल्ला प्रशासन कार्यालय मार्फत नेपाली सेना, प्रहरी कार्यालयलाई समेत सहयोगको माग गरेपनि आफ्नै प्रयासमा उद्धार गरेका थिए । यता प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले यूवाहरुको आवश्यकता अनुसार सुरक्षाकर्मीलाई खटाउने तयारी भइरहेको अवस्थामा जिवितै उद्धार भएपछि फर्किएको बताए ।
‘कुकुरको उद्धारमा खटिएका यूवाहरुको रचनात्मक प्रयासलाई सबैले सम्मान गर्नुपर्छ,‘कुकुरलाई खोलामा फाल्नेलाई सचेत बनाइसकिएको छ’ प्रजिअ अधिकारीले बेनीअनलाइनलाई भने । जिल्लामा घरमा पालेको कुकुर तथा बेबारिसे कुकुरबाट राती हिँड्ने पैदलयात्री, मोटरसाईकल र साईकल चालक पीडित हुने गरेका छन् ।