म्याग्दी जिल्लाको पिप्ले गाविस २ मा बाबा कुबिर शाहि र आमा कमला शाहीको दोश्रो सन्तानको रुपमा २०५० साल मंसीर १ गते जन्मीएकी अरुणा शाही नेपाली राष्ट्रिय भलिबल टिमको भरपर्दो खेलाडी हुन् । नेपालको राष्ट्रिय टिमको जर्सी लगाएर धेरै प्रतियोगितामा सहभागिता जनाएकी अरुणाका एक दाइ र एक जना भाइ छन् । २०६५ सालबाट नियमित भलिबलमा सकृय अरुणा शाही सँग इरुप्सेका लागि अमृत बास्कुनेले गरेको कुराकानी ।
प्रश्न : पहिलो पटक सहभागीता जनाएको कहिले थियो रु खेलको पहिलो अनुभवका साथै त्यस बखत कुनै उपाधी हात लाग्यो कि लागेन ?
उत्तर : २०६४ सालमा सहभागीता जनाएको थिए । त्यसवेला प्रतियोगितामा सहभागी भइरहदा अनुभव त छ्ट्टै नै थियो प्रतियोगितामा पहिलो पटक सहभागीता हुदा के हुने हो भन्ने त जो कोहीलाई पनि भान हुने नै भयो । त्यसवेला पहिलो पटक प्रतियोगितामा सहभागीता हुँदा कुनै उपाधी हात लागेन तर जिल्ला स्तरीय प्रतियोगितामा छनोट हुने मौका मिलेको थियो । मैले त्यही प्रतियोगिता बाट नै यस क्षेत्रमा अगाडी बढ्नका लागि पहिलो खुड्कीलो पार गरेँ र अहिले सम्म यसै क्षेत्रमा छु र बाँकी समय पनि यसै क्षेत्रमा लाग्ने अठोट त्यही समय नै मलाइ आएको थियो ।
प्रश्न : अहिले सम्म खेलको सिलसिलामा कुन कुन स्थान भ्रमण गर्र्ने मौका मिलेको छ ?
उत्तर : अहिले सम्म देश भित्र र बाहिर खेलकै शिलशिलामा धेरै स्थानमा पुग्ने मौका मिल्यो । देश भित्र त धेरै नै स्थान घुमियो देश बाहिर प्रतियोगिताकै शिलशिलामा भारत, हङकङ र माल्दिभ्स पुगेको छु.
प्रश्न : अहिले सम्म खेलमा कुन कुन अवार्ड तथा सम्मान कति हात लाग्यो ?
उत्तर : धेरै पटक हात लागेका छन् । जिल्ला खेलकुद विकास समिति म्याग्दीले सागम नेपालले कास्य जितेको बेलामा सम्मान गरेके थियो । त्यस्तै आठौं राष्ट्रिय खेलकुदको भलिबल म्याग्दीमा भएको बेलामा म कौशिल्या खत्री र कमला पुनलाइ सम्मान गरेको थियो त्यस्तै काठमाडौ पोखरामा पनि धेरै पटक सम्मान पाएको छु भने म प्लेयर अफ दी इयर कास्की भएको थिए ।
प्रश्न : अहिले सम्म कुनै संस्थाको दसस्यता लिनुभएको छ र?
उत्तर : अहिले सम्म खेल सँग सम्बन्धित संघ संस्थाको त लिएको छु तर कुनै पनि राजनीतिक दल र तिनका निकटका संघ संस्थाको सदस्यता लिएको छैन । म देशको खेलाडी र सदस्य हुँ राजनैतिक दलको हैन ।
प्रश्न : खेल क्षेत्रमा लागेर के उपलब्धी हासिल गर्नु भो ?
उत्तर : खेल क्षेत्रमा लगेर व्यक्तित्व विकस सँगसँग देश विदेश्मा गएर आफ्नो प्रतिभा प्रशतुत गर्न पाउनु ,आफु र आफ्नो राष्ट्रको नाम चिनाउन पाउनु,खेल क्षेत्रले गर्दानै मलाई ज्ञानुबाबामा स्कुलमा पढ्ने अबसर दिनुभएको थियो र पछिल्लो समय भलिवलको क्रेज वढिरहदा र राज्जेले पनि रास्ट्टिय खेल भलिवल घोसिद गर्दा भलिवल खेलाडी भनेर चिनिन पाएको छु । त्यो नै मेरो खेल जीवनको ठूलो उपलब्धी हो ।
प्रश्न : अहिले सम्म अन्तराष्ट्रिय खेलकुदको सहभागीता कस्तो छ र?
उत्तर : अन्तराष्ट्रिय स्तरको सहभागीता हेर्नेहो भने द्दण्ण्ड पछी द्दण्ज्ञघ को बिचमा कुनै पनि अन्तराष्ट्रिय प्रतियोगितमा सहभागीता जनएको छैन िद्दण्ज्ञघ पछी हामीले फ्रेन्डल्री म्याच र अफिसेल गेम गरी धेरै पटक प्रतियोगितमा सहभागी हुने मौका पायोउ तेसैले मलाई लाग्छ धेरैनै सुधार आएको देखिन्छ िअन्तराष्ट्रिय स्तरमा अहिले सम्म विभिन्न ढंगले ३ वटा देशहरुमा खेल खेले यसबाट आन्तरिक भन्दापनि बाहिरी देशहरको खेलाडीहरु संग प्रतिस्पर्धा गर्दा विभिन्न कुराहरु सिक्ने अवसर पाइएको छ । यसरीनै सहभागीता गर्दै जानेहो भने भलिबल खेल मा छिटोनै राम्रो नतिजा आउनेछ ।मलाई लाग्छ संघले अबको दिनहरुमा अझबढी अन्तराष्ट्रिय स्तरको सहभागीता गराउने छ ।
प्रश्न : भलिवल खेलाडीको रुपमा सहभागीता अहिले सम्म खेलाडी मात्रै होकी रेफ्रीको रुपमा सहभागी हुनुभएको छ र?
उत्तर : मेरो सन्दर्भमा भन्दा म पहिला त खेलाडी नै हो । तर खेलाडी मात्रै पनि भएर हुँदैन र भोलीको लागि केही फरक भुमिका पनि चाहिन्छ नै त्यसैले कहिलेकाही खेल्ने मात्र हैन खेल खेलाउने काम पनि गरेको छु ।
प्रश्न : तपाइलाई यो खेल कस्ले यो क्षेत्रमा आउनका लागी प्रोत्साहन गरेको थियो ।
उत्तर : कुनै पनि क्षेत्रमा सफल हुनका लागी प्रोत्साहन गर्ने व्यक्ती हुन्छनै मलाई पनि यस क्षेत्रमा आउनका लागी आदर्निय गुरु कौशिला खत्री, ज्ञानुबाबाकी प्रिन्सिपल शुभकन्या गुरुङ, मेरो घरपरिवार र आफ्न्तको ठूलो हात छ ।
प्रश्न : अहिले तपाइ कुनै क्लव वा खेल संस्थामा आवद्ध हुनुहुन्छ की हुनुहुन्न रु यदी छ भने कहिले देखि आवद्ध हुनुभयो अनि कसले त्यस संस्थाम आवद्ध गरायो ।
उत्तर : अहिले पश्चिमाञ्चल बाट खेल्छु । यसमा निरन्तर लाग्नमा हालको पश्चिमाञ्चल भलिवल संघका अध्यक्ष छ्याम थापाको विशेष योगदान रहेको छ ।
प्रश्न : संधै सम्झने कुनै मुभमेन्ट अथवा प्रतियोगिता छ की ?
उत्तर : 1st South Asian Invitation Championship प्रतियोगितामा srilanka लाई nepal ले पहिलो पटक हराउदा हजरौ नेपाली जनतको क्रराउड देख्दाको मुभमेन्ट याद आउछ ।
प्रश्न : अन्त्यमा केही भन्नु छ की र?
उत्तर : हामी खेलाडीहरुलाई जति चाहिने तालिमहरुको आवश्यक्ता हुन्छ , सेवा सुविधाहरुको आवश्यक्ता हुन्छ त्यो नहुदा यो क्षेत्रमा पछि गएर केही नहुने होकी जस्तो चिन्ता लाग्छ । यसबारेमा सम्बन्धित निकायले खेलाडीहरुको भविष्यको वारेमा चासो देखाउनुपर्नेमा ध्यानाकर्षण गराउन चाहान्छु ।