उदयपुर, २७ असोज – उदयपुरको बेल्टार बसाहा नगरपालिका–२ श्रीवानीका सुवास कटुवालले आफ्नै भाउजूको हत्या गरेका छन् । दाजु राजेन्द्र कटुवालको मिलेमतोमा सुवासले ३४ वर्षीया भाउजू भीमकुमारी कटुवालको हत्या गरेको प्रहरीले आशंका गरेको छ । सुवासले अष्टमीको दिन मोरङस्थित सिजुवाको बेतौना जङ्गलमा हत्या गरेको इलाका प्रहरी कार्यलयका असई भीमबहादुर सिलवालले जानकारी दिए ।
हत्याको आशंकामा प्रहरीले श्रीमान राजेन्द्रसहित परिवारका अन्य छ जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ। प्रहरीले कान्छी श्रीमती लिला घिमिरे,देवर गजेन्द्र कटुवाल, र श्याम कटवाल, देउरानी मधु कटवाल, मिठु कटुवाल र मनिता कटुवाल, आमालाई पनि हिरासतमा राखेर नुसन्धान शुरु गरेको छ ।
प्रहरीले परिवारलाई सुरक्षाका लागि नियन्त्रणमा लिएको बताएको छ । शंकास्पद घटना भएकाले परिवारका सदस्यसँग समेत सोधपुछ गर्नुपर्ने प्रहरीको भनाइ छ । माइती पक्षको भाइ र जेठाजु केशव कटुवालको रोहबरमा प्रहरीले नै दाहसंस्कार गरेको थियो । भीमकुमारीका भाइ छत्रबहादुर खत्रीले किटानी जाहेरी छन्।
Previous Articleदसैँ बिदा मनाउन आन्तरिक पर्यटक मुस्ताङमा
Next Article चितवनका सापकोटालाई अस्ट्रेलियामा उत्कृष्ट पुरस्कार