खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले नेपालका हिमतालको पानी बेच्ने योजना सार्वजनिक गरेकी छन् ।
पोखराको खानेपानीको मुहान मर्दी क्षेत्रबाट शनिबार आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री मगरले ‘ग्लेसियर वाटर’ बेच्ने योजना प्रस्तुत गरेकी हुन् ।
‘हाम्रो हिमालबाट बगेको ग्लेसियर वाटर महत्वपूर्ण र सबैभन्दा महंगो छ’, उनले भनिन्, ‘हामीले ग्लेसियर वाटरको अन्तर्राष्ट्रिय व्यापार गर्ने संभावना खोजेका छौँ ।’
नेपाल खानेपानी संस्थानले खानेपानीको अन्तर्राष्ट्रिय व्यापारको संभावनाबारे अध्ययन गरिरहेको बताउँदै उनले ‘एभरेष्ट वाटर’को नामबाट त्यो पानीलाई अन्तर्राष्ट्रिय व्यापार गरिने बताइन् ।
ठूला सुपर मार्केटहरुमा समुन्द्रको पानी किन्न पाइने चर्चा गर्दै उनले हिमतालबाट निस्कने पानी महंगोमा बिक्री हुने दावी पनि गरिन् ।