सोमबार मात्रै पहिलो एकदिवसीय अन्तराष्ट्रि खेल खेलेर स्वदेश फर्किएका नेपाली क्रिकेटका चार जना नेपाली खेलाडीलाई आफ्नो बरियतामा राखेको छ। आइसीसीले सार्वजनिक गरेको नयाँ बरियतामा टी–२० क्रिकेटतर्फ नेपालका दुई बलर र दुई ब्याट्सम्यान शीर्ष १०० भित्र पार्न सफल भएका छन् ।
कप्तान पारस खड्का, शरद भेषावाकर, बसन्त रेग्मी र सोमपाल कामी शीर्ष १०० भित्र अटाएका हुन् । टी–२० ब्याट्सम्यानको बरियतामा नेपालका कप्तान खड्का २६५ अंकसहित ९० औं स्थानमा छन् भने २३८ अंकसहित शरद ९८ औं स्थानमा रहेका छन्। आइसीसीले सार्वजनिक गरेको बरियताको शीर्ष स्थानमा अष्ट्रेलियाका आरोन फिन्च, दोस्रोमा पाकिस्तानका फकर जमान र तेस्रो स्थानमा भारतीय खेलाडी लोकेश राहुल छन्।
यस्तै टी–२० बलरको बरियतामा ३९७ अंकसहित बसन्त ७१ औं तथा ३३८ अंकसहित सोमपाल ९२ औं स्थानमा रहेका छन्। रेग्मीले १२ खेलबाट १६ विकेट लिएका छन् भने कामीले १२ खेलबाट १३ विकेट लिएका छन् ।
टी–२० बलरको शीर्ष स्थानमा अफगानिस्तानका रासिद खान छन् भने दोस्रो स्थानमा पाकिस्तानका सहादाब खान छन् । नेपाली युवा बलर सन्दिप लामिछाने मात्र २ टी ट्वान्टी अन्तर्राष्ट्रिय खेले पनि कुनै विकेट लिन सकेका छैनन् । नेपालले तीन वर्षपछि आइसीसीको टी–२० इन्टरनेशनल मान्यता प्राप्त खेल खेल खेलेपछि खेलाडीहरु वरीयतामा समावेश भएका हुन् ।