काठमाडौ– दुई देशको थिंक ट्यांकको सम्मेलन काठमाडौंमा चलिरहेको छ । त्यसमा नेपाल भारतको विभिन्न विषयमा बहस चलिरहेको छ । भारत नेपालको सुरक्षा अवस्था, विकासको अवस्था, दुई देशबीचको सम्बन्ध, चीनको चासो, सीमा सुरक्षा, व्यपार व्यवसायी, सन्धि सम्झौता लगायतको विषयमा बहस भइरहेको छ । त्यसमा नेपाल र भारतका प्रबुद्ध वर्ग (थिंक ट्यांक) ले आ–आफ्नो धारणा राखिरहेका छन् । सुरक्षा संवेदनशिलतमा सबैले चासो लिएका छन् ।
त्यस कार्यक्रममा दुवै देशका अवकाश प्राप्त सैनिकहरुले समेत भाग लिएका छन् । उनीहरुले आ–आफ्ना विभिन्न तर्कहरु दिएका छन् । कतिपयले भारतका लागि नेपालको बोर्डर सुरक्षा चुनौती बनेको छ । यसमा नेपालले अझै संवेदनशील हुनुपर्ने भनेको छ भने कसैले बोर्डरमा निगरानी अझै बढाउनुपर्ने भनेका छन् ।
त्यसमा बोर्डरमा परिचयपत्रको व्यवस्था गर्नुपर्ने कुरा पनि उठेको छ । तेस्रो सत्रको अध्यक्षता गरिरहेका राजन भट्टराई जो नेकपाका नेता प्रबुद्ध समुहको सदस्य पनि हुन् । उनले नेपाल–भारतको सीमा परिचयपत्रको व्यवस्था गर्नुपर्ने धारणा राखे ।
भू–राजनीतिमा सुरक्षा दुविधा व्यवस्थापन विषयमा बोल्दै उनले भने, हवाई जहाज चढेर भारत जाँदा एयरपोर्टमा पासपोर्ट देखाएर जानुपर्छ भने बसमा वा अन्य साधानबाट भारत छिर्दा परिचयपत्र किन नदेखाउनुपर्ने ? सरकारले यसको व्यवस्था गर्नुपर्छ मेरो सुझाव हो ।’
नेपाल–भारत सीमा सुरक्षाका लागि परिचयनपत्रको व्यवस्था गर्ने चर्चा चलिरहेको बेला भट्टराईको यस्तो धारणा आएको हो । मधेश राजनीतिकका जानकार एवं पूर्वराजदूत विजयकान्त कर्णले परिचयपत्रको बारेमा प्रश्न उठाएपछि राजन भट्टराईले यस्तो जवाफ दिएका थिए ।
यसैबीच, भारतका सुरक्षा सम्बन्धि अध्ययन गर्ने एक संस्था इन्स्टिच्युट फर डिफेन्स स्टडी एण्ड एनालाइसिसका रिसर्चर डा.निहार नायकले नेपालमाथि भारतले नाकाबन्दी नलगाएको दावी गरे । नेपाल भारतको विभिन्न नाकामध्ये वीरगञ्ज–रक्सौल नाकामा मात्र धार्न बसेको कारण नाकाबन्दी जस्तो देखिएको त्यसलाई नाकाबन्दी भन्न नहुने उनले दावी गरेका थिए ।
नेपाल भारतको सम्बन्ध केही तलमाथि भएको होला विभिन्न कारणले तर नेपालले भारतमाथि नाकाबन्दीको आरोप लगाउनु गलत भएको उनको दावी थियो ।