पोखरा महानगरपालिकाको लेखनाथमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका २७ का ६३ वर्षीय कमल कुमालले गैतीले ५५ वर्षीया श्रीमती सुन्तली कुमाल हिर्काउँदा मृत्यु भएको हो ।
कमलले मदकपदार्थ सेवन गरी श्रीमतीमाथि गैंतीले प्रहार गरेका प्रहरीले जनाएको छ । कुटपिटबाट घाइते सुन्तलीलाई उपचारका लागि शुशिवा अस्पतालमा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको कास्कीका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले जानकारी दिए ।
उनीहरुको यसअघि पनि घरायसी झगडा हुने गरेको थियो । कमललाई प्रहरीले नियन्त्रणमा लिई कर्तव्य ज्यान मुद्दा चलाएको छ । दुई वर्षअघि छोराको ज्यान गएपछि उनीहरुको बीचमा झगडा हुँदै आएको प्रहरीले जनाएको छ ।
रक्सी पिउने र श्रीमान–श्रीमतीका बीचमा झगडा हुँदै आएकोमा सोमबार गैंती प्रहारबाट श्रीमतीको मृत्यु भएको हो ।